सुहाङलाई विप्लव नेतृत्वको नेकपाको पनि समर्थन, इलाममा तीन पार्टीको संयुक्त अपिल
नेपाल प्रेस
२०८० चैत २४ गते १७:३८
काठमाडौं । इलाम- २ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि सहयोग गर्ने भएको छ ।
एमाले, माओवादी र नेकपाले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका छन् ।
अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इलाम इन्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् ।
तीन दलले जारी गरेको अपिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ ।
प्रतिक्रिया
One thought on “सुहाङलाई विप्लव नेतृत्वको नेकपाको पनि समर्थन, इलाममा तीन पार्टीको संयुक्त अपिल”
Leave a Reply
सम्बन्धित खवर
अब तेति नगरे त ओली बाजेले नि छाडेपछि के गरुन् त कांग्रेसले देखाईदिहाल्छ अब त …