दिनदिनै उकालो लाग्दै सुनको मूल्य, तोलामा २९ सयले बढ्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ ।