काठमाडौं र कैलालीमा सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर – Nepal Press

काठमाडौं र कैलालीमा सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सव हो ।

बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कैलालीको घोडाघोडी नगरपालिका- ८ आमफाँटामा अवस्थित स्थानीय सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको छ ।

बागमती प्रदेशको काठमाडौं जिल्लाअन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्युनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कार्यक्रममा सरस्वतीनगर परिक्रमा र्‍यालीसँगै नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन भएको थियो । बिरामीहरुको रक्तचाप, मधुमेह परीक्षणलगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ गरिएको शिविरहरुमा करिब ३५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरुमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । बैंकका अनुसार सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

सिटिजन्स बैंकले देशैभर फैलिएका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख ४३ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै बैंकले यसै आर्थिक वर्ष थप ५ शाखा विस्तार गरेर देशका ६० जिल्लामा सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *