हेराल्ड कलेजद्वारा ८९ विद्यार्थीलाई डेढ करोड बराबरको छात्रवृत्ति प्रदान – Nepal Press

हेराल्ड कलेजद्वारा ८९ विद्यार्थीलाई डेढ करोड बराबरको छात्रवृत्ति प्रदान

काठमाडौं । हेराल्ड कलेजले चालू शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गरेको हो ।

लगभग रु १.५ करोड पुरस्कार राशिको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट भएका थिए ।

विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर बन्न सफल भएको छ । विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहनका लागि पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर