क्रम्पटनको नयाँ वर्ष योजना सार्वजनिक – Nepal Press

क्रम्पटनको नयाँ वर्ष योजना सार्वजनिक

काठमाडौँ । होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि देशभरका अधिकृत विक्रेतामार्फत उठाउन सक्नेछन् ।

यस योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरूप एक जोडी थाईलान्ड जाने मौका प्रदान गरिने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा सहभागिता जनाउनको लागि Crompton (space) Customer Name (space) Address (space) Warranty Card No  टाइप गरी 31003मा SMS पठाउनुपर्नेछ ।

नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सि.जी.इम्पेक्स रहेको छ । सि.जी.इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सि.जी. डिजिटल शोरुम तथा नेपालभरि डिलर नेटवर्क मार्फतउत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रूम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजारमा पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *