केदार कार्कीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने भएका छन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव नआएसम्म सरकारले विश्वासको मत नलिने बताएका छन् ।
कोशी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता शम्सेर राईले राजीनामा माग्ने प्रक्रिया हुने भन्दै पत्रिकामा कसैले राजीनामा माग्दैमा सरकारले राजीनामा नदिने बताए ।
उनले भने, ‘सबै कुराको प्रक्रिया हुन्छ । विश्वासको मत लिने भए अविश्वासको प्रस्ताव ल्याउनुपर्छ । राजीनामा माग्ने भएपनि प्रक्रिया हुनुपर्छ ।’उनले यो सरकार प्रदेशमा स्थिरता कायम हुनुपर्छ भनेर गठन भएको दावी गरे ।
‘तत्कालिन गठबन्धनको निर्णय विपरित हामीले प्रदेशको स्थिरता कायम गर्नका लागि विद्रोह गरेका हौं । अहिले फेरि प्रदेशमा अस्थिरता उत्पन्न गर्न सरकारबाट राजीनामा दिने कुरा आउदैँन ।’ उनले भने ।
कोशी प्रदेश सरकारलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यले दिएको समर्थन हिजो फिर्ता लिएका छन् । यस्तै माओवादी र एमालेका प्रदेश सभा सदस्यले दिएको विश्वासको मत पनि फिर्ता लिएका छन् ।
विश्वासको मत फिर्ता लिएको अवस्था मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने बताँउदै आएका छन् । यस्तै अल्पमतमा सरकार परेका राजीनामा दिनु पर्ने समेत माग गरिएको छ ।
Congress can do anything what they want .. because they are the fathers of democracy and whatever they do, it would be democratic exercise … !! What a nonsense argument it is … an example of political prostitution !!!