कर्णालीमा यामलाललाई मुख्यमन्त्री बनाउन दाबी पेस – Nepal Press

कर्णालीमा यामलाललाई मुख्यमन्त्री बनाउन दाबी पेस

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारसमक्ष एमाले-माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । यस प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर