अनुमति नलिइ विदेशी सम्बन्धन भएका कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह
नेपाल प्रेस
२०८० चैत २८ गते १०:००
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिइ सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।
इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।
प्रतिक्रिया
One thought on “अनुमति नलिइ विदेशी सम्बन्धन भएका कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह”
Leave a Reply
सम्बन्धित खवर
अनुमती प्राप्त विदेशि सम्बन्धनका कलेजहरुकाे शुचि पनि सार्वजनिक गरेकाे भए सुसुचित हुन नपाएकाहरु पनि सुसुचित हुन पाउँथे महाेदय ।