नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण – Nepal Press

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवकाे उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबाट पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले सिंहदबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकले उपाध्यक्ष निर्वाचित गरेको थियो । जसमा घिमिरेले नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी थिइन् ।

घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मतमात्रै पाइन् । घिमिरेलाई नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को पनि साथ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर