नेपालमा यूपीआई विस्तार गर्न फोनपेले गर्‍यो इसेवा र होटल संघ नेपालसँग साझेदारी – Nepal Press

नेपालमा यूपीआई विस्तार गर्न फोनपेले गर्‍यो इसेवा र होटल संघ नेपालसँग साझेदारी

काठमाडौं । नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले भारतीय फिनटेक कम्पनी फोनपेले इसेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ ।

नयाँ वर्षको अवसरमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुने फेवा महोत्सव हुँदै छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ यूपीआईको लोकप्रियता बढाउने उद्देश्यसहित साझेदारी गरेको हो ।

डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा यूपीआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले होटल संघ पोखराको सहकार्यमा गर्दैछ। महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनीका साथमा नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अवसर प्रदान गर्दछ।

साझेदारीको बारेमा फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक श्री रितेश पाईले भने, ‘प्रख्यात नेपाली महोत्सव फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा यूपीआई प्रणालीलाई लोकप्रिय बनाउन पाउदा हामी निकै उत्साहित छौँ। यस सुन्दर ठाउँको सङ्गीत, खाना र संस्कृतिको अनुभव गर्न हरेक वर्ष भारतबाट थुप्रै पर्यटकहरू नेपाल आउने गर्दछन् त्यसैले हाम्रो फोकस नेपालमा फोनपे नेटवर्कमा यूपीआईको स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ। यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनका साथै भारतीय फोनपे प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकता अनुसार सहजै लेनदेन गर्न सक्नेछन्।’

इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले भने, ‘फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवर्द्धन गर्ने सुनौलो अवसर हो। देशको अग्रणी डिजिटल वालेटका रूपमा डिजिटल भुक्तानी इकोसिस्टमलाई बढाउँदै र व्यापारीहरू तथा उपभोक्ताहरू दुवैका लागि सुविधाजनक समाधानहरू प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ। भारतीय पर्यटकहरू नेपाली पर्यटनका लागि एक प्रमुख आधार भएकाले, यो कदमले भारतीय पाहुनाहरुको आवश्यकताहरू पूरा गर्न र उनीहरूको समग्र अनुभव वृद्धि गर्न पङ्क्तिबद्ध रहेको छ। यस सहकार्य मार्फत, हामीले नेपालमा यूपीआई र फोनपे नेटवर्क प्रयोग गर्नुका फाइदाहरू र व्यापारीहरूलाई डिजिटल लेनदेनहरूका लागि सशक्त बनाउने र नेपालको डिजिटल अर्थतन्त्रको वृद्धिमा योगदान पुर्‍याउने गर्ने लक्ष्य राखेका छौँ। साथै, हामी विश्वस्त छौँ कि यस्तो सहकार्यले नेपाली आर्थिक परिवेशमा वित्तीय समावेशीकरण र पहुँचलाई थप बढवा दिनेछ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाली नयाँ वर्ष २०८१ को हर्षोल्लासका साथ १९औँ फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरुमा २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ। पर्यटन, संस्कृति र खानपानसँग सम्बन्धित हाम्रा मूल्यमान्यतालाई आत्मसात् गर्दै पोखरा नेपालको पर्यटन आकर्षणको प्रकाशकको रूपमा उभिएको छ। सँगै, हाम्रो क्षेत्रको सौन्दर्य तथा हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण गरौँ, टाढा टाढाबाट आउने आगन्तुकहरूलाई मन खोलेर स्वागत गरौँ, र हाम्रो आतिथ्य क्षेत्रमा नयाँ आयाम दिएर अतिथि सत्कारको मुहार फेरौँ।’

यस सहकार्यको बारेमा बोल्दै फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले भने, ‘नेपालमा फोनपे नेटवर्कमा यूपीआई क्षमताहरूको एकीकरणलाई प्रवर्द्धन गर्न फोनेपे इन्डिया , इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारीले हामीलाई धेरै खुशी प्रदान छ। फेवा नयाँ वर्ष महोत्सव यस सहकार्यको प्रभावलाई दर्साउने एक विशेष स्थानको रूपमा रहेको छ। पर्यटकहरूको ठूलो सहभागिताको साथ, यस महोत्सवले मानिसहरूलाई नेपालको सांस्कृतिक र आर्थिक केन्द्रको अनुभव झल्काउनुका साथै सबैलाई भुक्तानी प्रविधिमा भएको प्रगतिको प्रत्यक्षदर्शी हुने र अनुभव गर्ने मौका दिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर