लुम्बिनीमा राइड सेयरिङ ‘इ ड्राइभ’ सेवा सुरु, अनलाइन सेवा प्रयोग गर्न आग्रह – Nepal Press

लुम्बिनीमा राइड सेयरिङ ‘इ ड्राइभ’ सेवा सुरु, अनलाइन सेवा प्रयोग गर्न आग्रह

रुपन्देही । राइड शेयरिङ एप ‘इ ड्राइड नेपाल’ लुम्बिनी प्रदेशको बुटवल र भैरहवा शहरमा सुरु भएको छ ।

इ ड्राइभ लुम्बिनी नेपाल प्रालिले लुम्बिनी प्रदेशमा पहिलो पटक सेवा सञ्चालन गर्न लागेको हो । नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने योजनाअनुसार कम्पनीले बुटवल, भैरहवा क्षेत्रमा दोस्रो स्थानको रुपमा सेवा सुरु गरेको हो ।

नेपाली सफ्टवेयर इन्जिनियरहरुले निर्माण गरेको एपबाट सेवा लिन चाहने ग्राहकहरुले सरकारले तोकेको न्युनतम भाडामै गन्तव्यमा जान सक्ने कम्पनीले जनाएको छ ।

विशेषगरी विद्युत्तीय सवारी साधनलाई लक्षित गरेर सेवा सुरु गरेको भएपनि पहिलो चरणमा पेट्रोलियम पद्धार्थबाट चल्ने कार र बाइकहरु यसमा आबद्ध हुन सक्नेछन् । कम्पनीले राइड गराउन चाहनेहरुलाई निःशुल्क दर्ता हुनसमेत आव्हान गरेको छ ।

यात्रुहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा राइड शेयरिङ एप इ ड्राइभ नेपाल सुरु गरिएको प्रालिका अध्यक्ष राजकुमार गुप्ताले बताए । ६ महिनाअघि काठमाडौं उपत्यकामा सफलतापूर्वक राइड शेयरिङ सेवा उपलब्ध गराएकोमा बैशाख १ गतेदेखि बुटवल, भैरहवा क्षेत्रमा सेवा सुरु गरिने उनको भनाइ छ ।

अध्यक्ष गुप्ताका अनुसार एक महिनासम्म निःशुल्क राइडका लागि दर्ता गर्न सकिने र त्यसपछि न्युतम शुल्क दर्ताका लागि तोकिने छ । इ ड्राइभ नेपालको एप गुगोल प्ले स्टोर अथवा एप स्टोरबाट सजिलै डाउनलोड गरेर प्रयोग सकिने छ ।

यो एपको प्रयोग गरेर यात्रा गरेमा यात्रु तथा चालकहरुका लागि घाइते भएमा ७० हजारसम्मको उपचार सेवा तथा मृत्यु भएमा थर्ड पार्टी इन्सुरेन्सबाहेक ७ लाखसम्मको विमा गरिएको कम्पनीको दावी छ ।

कम्पनीले पहिलो चरणमा कार र बाइकहरुलाई अबद्धता गराएपनि निकट भविष्यमा टेम्पोलाई पनि जोड्ने बताएको छ । अध्यक्ष गुप्ताले सवै यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली जडान गरिएको र यसबाट सवारी सधान कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने बताए । सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनीसंग भएकोले सेवाग्राहीले ढुक्कका साथ सेवा प्राप्त गर्नसक्ने उनको भनाइ छ ।

इ ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक सेवाको उच्च प्रयोगका साथै ठूलो धनराशी विदेशिनबाट जोगाउन र वातावरण संरक्षण इ ड्राइभ नेपालको अभियान रहेको र क्रमशः यो सेवालाई अन्य शहरहरुमा पनि विस्तार गर्ने बताए । कम्पनीले सकेसम्म सुरक्षाका हिसाबले पनि सेवाग्राहीलाई अनलाइन सेवा प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर