आज जुड़शीतलः ज्येष्ठ व्यक्तिले टाउकोमा जल छर्केर दिन्छन् आशीर्वाद – Nepal Press

आज जुड़शीतलः ज्येष्ठ व्यक्तिले टाउकोमा जल छर्केर दिन्छन् आशीर्वाद

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो ।

नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ ।

यो पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । जुड़ शीतलमा रहेका दुई पद ‘जुड़’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुड़ शीतल हो ।

आजका दिन रुख बिरुवामा पनि सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गरिन्छ । यो पर्वको अवसरमा तराईरमधेशका विभिन्न स्थानमा हिलोपानीमा कुस्ती खेलेर मनोरन्जन गरिन्छ ।

आज चुह्लो देवतालाई चढाएर घरघरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकारलगायत मिष्ठान्न परिकार पकाएर खाने चलन पनि छ ।मधेस प्रदेशमा सार्वजनिक बिदा

यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर