दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु – Nepal Press

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रुपन्देही । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र १२ वर्षीय माधव चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले आन्द्राभरैयाका चार बालक घरदेखि करिब ५०० मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा माटोको ढिस्कोमा पुरिएका थिए । जसमध्ये तीन जना खाल्डोमा परेका थिए । एकको उद्धार गरिए पनि दुईजना गहिरो खाल्डोमा पुरिएको प्रहरीले जनाएको छ ।

पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमै राखिएको छ ।

प्रहरीले खाल्डो किन खनिएको भन्ने विषयमा अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *