वामपन्थी एकता भ्रम मात्रै हो, कांग्रेसलाई भोट हाल्नेहरूसँग मिल्दैनौँ : ओली – Nepal Press

वामपन्थी एकता भ्रम मात्रै हो, कांग्रेसलाई भोट हाल्नेहरूसँग मिल्दैनौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेर कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गरेर पार्टी नहुने बताएका छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने बताए।

उनले भने, ‘कतिपय नक्कली कुरा गर्नेहरू छन्, कम्युनिष्ट र वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम र कर्तव्य हो हामीले बुझेका छौँ। त्यही बुझेर नै पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौँ । विस्तार हुँदै एकता एकीकरणबाट, त्यसलाई तोडेर आन्दोलन कमजोर भयो। हामीले तोडेको होइन, हामीले जोड्ने मात्रै काम गर्यौ। जोगाउने प्रयास गर्‍यौँ ।’

अहिले पनि राष्ट्रिय शक्तिहरू मिलेर सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्नुको विकल्प नभएको बताए।

उनले भने, ‘आज वामपन्थीको नाममा एकता भन्ने कुरा होइन । वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । वामपन्थी शक्ति भन्ने भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम पाल्नुहुँदैन । एकता परेका बखत गर्छौँ पनि तर छानेर, पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौ। आन्दोलनको हितमा हामी लचिला सबै हुन्छौँ ।’


प्रतिक्रिया

One thought on “वामपन्थी एकता भ्रम मात्रै हो, कांग्रेसलाई भोट हाल्नेहरूसँग मिल्दैनौँ : ओली

  1. नेकपा एसलाई केन्द्रीय सत्तावाट हटाउनुपर्छ समयक्रममा नेकपा एमालेले पनि सरकारबाट बाहिरीनु राम्रो जनताको म्याग्नेटबाट शत्तामा जाओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर