शिक्षा क्षेत्रमा पाँच वर्षमा विनियोजित बजेटको विवरण सार्वजनिक, अध्ययन गरेर सुझाव दिन शिक्षामन्त्रीको आग्रह – Nepal Press

शिक्षा क्षेत्रमा पाँच वर्षमा विनियोजित बजेटको विवरण सार्वजनिक, अध्ययन गरेर सुझाव दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्षदेखिको बजेट विनियोजन भएको विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनपछि मन्त्रालयले वेवसाइटमार्फत विवरण सार्वजनिक गरेको हो ।

शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येतालाई सुझाव दिन आग्रहसमेत गरेकी छन् । उनले भनिन्, ‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ । यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयन योग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ ।’

शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालालाई यी तथ्याङ्कले सहयोग गर्ने मन्त्रालयको अपेक्षा छ । यी तथ्यांकको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल ठेगानमा पठाउन सकिने जनाइएको छ ।

शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर