नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने
नेपाल प्रेस
२०८१ वैशाख ४ गते १३:२२
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको २०८१ वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाखको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी ५ प्रतिशत लाभांश दिने भएको हो ।
कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गरेको प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि वितरण हुने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर