विश्वव्यापी पहुँच र प्रभुत्व जमाउन कसरी सफल भयो इन्टरनेट ? – Nepal Press

विश्वव्यापी पहुँच र प्रभुत्व जमाउन कसरी सफल भयो इन्टरनेट ?

दुई वा दुईभन्दा बढी कम्प्युटिङ डिभाइसलाई फरक माध्यमका सूचना साटासाटको प्रयोजनले तार, तारविहीन, तार र तारविहीन माध्यमको प्रयोग गरी एकापसमा जडान गरिन्छ भने त्यसलाई नेटवर्क (सञ्जाल) भनिन्छ । नेटवर्कहरुको पनि नेटवर्कलाई इन्टरनेट भनिन्छ ।

सन् १९६९ मा अमेरिकाको डिफेन्स डिपार्टअन्तर्गतको एडभान्स प्रोजेक्ट रिसर्च एजेन्सीले दुई फरक स्थानमा रहेका कम्प्युटरको बीचमा सूचना आदानप्रदान गराउने ध्येयले एउटा प्रयोगात्मक नेटवर्कको स्थापना गर्‍यो । जसलाई अर्पानेट (ARPANET) भनिन्छ । यसको उद्देश्य अमेरिकामा विज्ञान, प्रविधि र सुरक्षा संवेदनशीलतासँग सम्बन्धित सूचना प्रशारण गरी अन्य भौतिक आक्रमणबाट देशलाई बचाउनु, आफ्नो विश्वव्यापी पहुँच र प्रभुत्व कायम गर्नु थियो ।

त्यस्तै सन् १९५० मा अमेरिकामा नेशनल साइन्स फाउण्डेसनको स्थापना भएको थियो । यसको उद्देश्य विज्ञानको प्रगतिलाई उजागर गराउनु, राष्ट्रिय स्वास्थ्य, समुन्नति एवं कल्याण र राष्ट्रिय सुरक्षा संरक्षण गर्नु थियो । यसले आफ्नो देशमा रहेका विभिन्न विश्वविद्यालयहरुमा आधारभूत विज्ञानका अन्वेषण र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एउटा नेटवर्कको स्थापना गरेको थियो, जसलाई एनएसएफ नेट (NSFNET) भनिन्थ्यो ।

अर्पानेटको विकास सन् १९६६ मा सुरु भएको थियो । प्रशस्त स्टान्डर्ड प्रोटोकलको विकास भैसकेको थियो । नेटवर्क कन्ट्रोल प्रोटोकल (NCP: नेटवर्क नियन्त्रण गर्ने नियमहरुको समूह) जसले प्रयोगकर्ताबीच संवाद र पहिलो कमाण्ड, Telnet, सपोर्ट गर्दथ्यो भने फाइल ट्रान्सफर प्रोटोकल (FTP), जसले सञ्चारका लागि प्याकेट स्विचिङ प्रविधि प्रयोग गर्थ्यो । त्यस्तै प्रयोगकर्ताहरुमाझ सन्देश सञ्चारका लागि इन्टरफेस सन्देश प्रशोधक (Interface Message Processor)को विकास भएको थियो, जसलाई पहिले प्याकेट गेटवे वा राउटरको रुपमा विश्वास गरिन्छ । आयोजनाहरुलाई सहभागिताको लागि मोडेमहरुको विकास गरिएको थियो ।

अर्पानेटमा पहिलो सन्देश युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका विद्यार्थी चार्ली क्लिनले सन् १९६९ अक्टोबर २९ मा स्टान्डर्ड रिसर्च इन्स्टिच्युटको मेनफ्रेममा LOGIN कमाण्ड टाइप गर्न प्रयास गरेर अंग्रेजी क्यारेक्टर एल (L) र ओ (O) टाइप गरेपछि जी (G) टाइप गर्नेबेला कम्प्युटर सुरुवाती रुपमा क्र्यास भए तापनि त्यही दिन सफल कनेक्सन गराएका थिए ।

सन् १९७५ मा अर्पानेटले कार्य पूर्ण रुपले गर्नसक्ने भयो र यसको प्रयोग सेटलाइट प्रविधिको माध्यमबाट विभिन्न देशहरुको सञ्चार प्रविधिलाई जोड्न हुन थाल्यो । त्यसै बखत सेटलाइट जडानको माध्यमबाट विभिन्न देशका प्रशस्त कम्प्युटरहरु समावेश गरियो ।

युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जल्स र स्टान्डर्ड रिसर्च इन्स्टिच्युटको बीचमा पहिलो स्थायी कनेक्सनसन् १९६९ नोभेम्बर २१ मा स्थापित भएको थियो । डिसेम्बर ५ मा अन्य दुई युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्टा बारवरा र युनिभर्सिटी अफ युता स्कुल अफ कम्प्युटिङलाई पनि यसको फाउण्डिङ मेम्बरको रुपमा समावेश गरिएको थियो ।

सन् १९७० को दशकमा अर्पानेट (ARPANET) द्रुत गतिमा विकसित भएको थियो । त्यस समयमा प्रशस्त विश्वविद्यालय एवं सरकारी कम्प्युटरहरु त्यस नेटवर्कमा कनेक्टेड थिए । सन् १९७५ मा अर्पानेटले कार्य पूर्ण रुपले गर्नसक्ने भयो र यसको प्रयोग सेटलाइट प्रविधिको माध्यमबाट विभिन्न देशहरुको सञ्चार प्रविधिलाई जोड्न हुन थाल्यो । त्यसै बखत सेटलाइट जडानको माध्यमबाट विभिन्न देशका प्रशस्त कम्प्युटरहरु समावेश गरियो ।

अर्पानेट स्थापित भैसकेपछि विभिन्न प्याकेटमा आधारित नेटवर्कहरु कार्य गर्न सक्षम भए । यी विभिन्न नेटवर्कहरुमा स्टान्डर्ड सामग्रीको अभावमा एकापसमा सञ्चार हुन सकेन । त्यसैले TCP/IP को विकास भयो, जसले विभिन्न नेटवर्कहरुमा सञ्चार गर्ने नियमहरुको समूह (PROTOCOL)को रुपमा काम गर्न थाल्यो । TPC/IP ले सन् १९७७ मा पहिलोपटक पूर्ण रुपमा कार्य गर्न सफल भयो । यसले अर्पानेट (ARPANET)प्याकेट स्विचिङ प्रविधि NCP लाई विस्थापन गर्‍यो ।

TCP/IPकै कारणले नेटवर्कहरुको नेटवर्क सम्भव भयो जुन इन्टरनेटको आधारभूत प्रविधि को । यसरी नेटवर्कहरु पनि नेटवर्क बन्यो र आजको इन्टरनेटको जन्म भयो, जो विश्व सञ्चारको दुनियाँमा वरदान सावित भयो । सन् १९८९ मा टीम वर्नस-ली -जसलाई एचटीएमएल (HTML)का पिताको रुपमा चिनिन्छ- ले वर्ल्ड वाइड वेब (WWW)को आविष्कार गरे । त्यसपछि इन्टरनेट विश्वव्यापी रुपमा प्रयोगमा आयो ।

बब कँन (सन् १९३८) र भिन्ट सर्फ (सन् १९४३)ले पहिलो पटक अर्पानेटमा इन्टरनेटको आविष्कार गरेका थिए तथा इन्टरनेट (INTERNET) शब्दलाई पहिलोपटक प्रयोग गर्ने श्रेय भिन्ट सर्फलाई जान्छ ।

नेपालमा पहिलो पटक इन्टरनेटको प्रयोग आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९३ मा परीक्षणको रुपमा प्रयोगमा आएको थियो । सन् १९५१ मा स्थापित अफिस अटोमेशनको क्षेत्रमा काम गर्ने चिरपरिचित संस्था मर्केन्टाइल ग्रुप अफ कम्पनीजअन्तर्गतको मर्केन्टाइल कम्युनिकेशन्स प्रालि (सन् १९९४)ले नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने एकमात्र उद्देश्य लिएर कार्य सञ्चालन गरेको थियो । त्यसबेला व्यवसायिक इमेल सेवाबाट सुरु भएको इन्टरनेट सेवा हाल नेपालका दुर्गम गाउँहरुलाई पनि विश्वसामु सामाजिक सञ्जालमार्फत जोड्ने कार्यको सुरुवातको श्रेय मर्केन्टाइल कम्युनिकेशन्स प्रालिलाई जान्छ ।

TCP/IPकै कारणले नेटवर्कहरुको नेटवर्क सम्भव भयो जुन इन्टरनेटको आधारभूत प्रविधि को । यसरी नेटवर्कहरु पनि नेटवर्क बन्यो र आजको इन्टरनेटको जन्म भयो, जो विश्व सञ्चारको दुनियाँमा वरदान सावित भयो । सन् १९८९ मा टीम वर्नस-ली -जसलाई एचटीएमएल (HTML)का पिताको रुपमा चिनिन्छ- ले वर्ल्ड वाइड वेब (WWW)को आविष्कार गरे । त्यसपछि इन्टरनेट विश्वव्यापी रुपमा प्रयोगमा आयो ।

पछि सन् १९९५ मा निजी अपरेटरहरु प्रयोग गरी इन्टरनेटको सुरुवात भयो । त्यही वर्ष नेपालमा वर्ल्ड लिंक कम्युनिकेशन सिस्टमले डायल अप कनेक्सनको माध्यमबाट इन्टरनेटको सेवा प्रदान गर्न सुरु गरेको थियो । नेपालको इन्टरनेटको इतिहासमा डायल अप कनेक्सनकको भूमिका विशेष छ । यसलाई गोपनीयताका साथ प्रयोग गर्न सकिँदैन्थ्यो । किनकि यसले ठूलो आवाज निकाल्थ्यो भने एक सेकेन्डमा अत्यधिक डाटा ट्रान्सफर (Bandwidth) ५६ किलोबिटका दरले अर्थात् ७ किलोबाइट हुन्थ्यो । सन् २००१ मा अर्को परिचित संस्था सुविसुले इन्टरनेट सेवा सुरु गरेको थियो । सन् २००२ मा वर्ल्डलिंक कम्युनिकेशन सिस्टमले पहिलो तारविहीन प्रविधि प्रयोग गरी इन्टरनेट सुरु गरेको थियो, जसले सन् २००३ मा २५६ किलोबिट पर सेकेण्डको तारविहीन इन्टरनेट सेवा सुरु गर्‍यो ।

सन् २००२ मा नेपाली अन्वेशषक महावीर पुन नेपाल तारविहीन सञ्जाल योजनामार्फत दुर्गम गाउँहरुलाई तारविहीन प्रविधिको प्रयोगले जोड्ने योजनाका साथ म्याग्दीको दुर्गमा गाउँमा इन्टरनेटको माध्यमबाट स्वास्थ्य सेवा सञ्चालन गर्नसमेत सफल भए । सन् १९९९ मा मोबाइल सिस्टमको प्रयोग गर्न थालियो जसमा इन्टरनेट चलाउन सकिन्नथ्यो । सन् २००४ मा सुविसुले केवल इन्टरनेटको प्रयोग गर्न सुरु गर्‍यो र शहरी क्षेत्रमा केवल इन्टरनेटको प्रयोग थालियो । सन् २००६ सम्ममा महावीर पुनले पहाडी भेगका १३ वटा जिल्लामा तारविहीन प्रविधिमार्फत इन्टरनेटको पहुँच विस्तार गरेका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिकम्युनिकेशन सञ्चालनलाई नियमन गर्छ । उसका अनुसार सन् २००६ सम्ममा १५ जनामात्रै इन्टरनेटको पहुँचमा थिए । इन्टरनेटको दुनियाँ बदल्ने गरी मोबाइलमा इन्टरनेट सेवा प्रदान मेरो मोबाइल हालको एनसेलले सुरु गर्‍यो । मेरो मोबाइल र नेपाल टेलिकमले जीपीआरएस, थ्रीजी र सीआरबीटी सेवा सञ्चालन गरे । त्यसपछि इन्टरनेटको पहुँच व्यापक रुपमा हुँदै गयो । इन्टरनेट साइबरहरु बजारमा छ्याप्छयाप्ती प्रयोगमा आए, जसको माध्यमबाट MSN म्यासेन्जर (जसलाई विन्डोज म्यासेन्जरको रुपमा चिनिन्छ) तथा याहु म्यासेन्जर (Yahoo Messenger) अनि मिग ३३ (Mig33) लाई आजका फेसबुक म्यासेन्जरहरुको रुपमा प्रयोग गर्न थालियो ।

नेपालमा पहिलो पटक इन्टरनेटको प्रयोग आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९३ मा परीक्षणको रुपमा प्रयोगमा आएको थियो । सन् १९५१ मा स्थापित अफिस अटोमेशनको क्षेत्रमा काम गर्ने चिरपरिचित संस्था मर्केन्टाइल ग्रुप अफ कम्पनीजअन्तर्गतको मर्केन्टाइल कम्युनिकेशन्स प्रालि (सन् १९९४)ले नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने एकमात्र उद्देश्य लिएर कार्य सञ्चालन गरेको थियो ।

सन् २०११ तिर जीपीआरएस टुजी जुन थ्रीजीभन्दा बढी गतिको इन्टरनेट सञ्चालनमा आयो । त्यसबेलाको जनगणनाअनुसार ९ प्रतिशत नेपालीले मात्र इन्टरनेट प्रयोग गरेको थियो । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०१७ सम्ममा करिब १ करोड ६७ लाख जनता अर्थात करिब ६३ प्रतिशत इन्टरनेटको प्रयोगकर्ता रहेको दाबी गर्‍यो । सन् २०१७ मा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले फोरजी इन्टरनेट सेवा सुरु गरे भने सन् २०१९ फेब्रुअरीसम्ममा नयाँ फोरजी प्रोजेक्टका माध्यमले आफ्नो सेवाको क्षेत्र विस्तार गर्‍यो ।

हाल फाइभजी इन्टरनेट सेवा काठमाडौं, पोखरा, विराटनगर हुँदै केही दुर्गम क्षेत्रमा परीक्षणका रुपमा प्रयोग भैरहेको छ । यो सेवा फोरजीभन्दा दश गुणा छिटो हुने विश्वास लिइएको छ । भौगोलिक हिसाबले दुर्गम क्षेत्रहरुका कारण टेलिकमले वि.सं २०८०/०८१ सम्ममा सर्वसाधारणलाई परीक्षणका रुपमा प्रयोगमा दिने लक्ष्य लिएको छ ।

हाल वर्ल्डलिङ्क, सुविसु, टेकमाइन्ड नेटवर्क, विनोद चौधरीको सीजी नेट, वेब सर्फर नेपाल कम्युनिकेशन, भायनेट, टेकमाइन्डस नेटवर्क, ब्रोडलिङ्क कम्युनिकेशन, नेपाल टेलिकमलगायत दर्जनौं इन्टरनेट सेवा प्रदायक संस्थाका माध्यमले जनताले देशभरि नै इन्टरनेट सेवा प्राप्त गरिरहेका छन् । हालै मोबाइल तथा ब्रोडब्यान्ड इन्टरनेटको क्षेत्रमा विश्लेषण गर्ने अमेरिकी कम्पनी उक्ला (OOKLA)ले सन् २०२३ जुलाइमा सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा ब्रोडब्यान्ड इन्टरनेट सेवामा विश्वको ८२औं स्थानमा छ भने मोबाइल इन्टरनेट सेवामा पहिलेको भन्दा एक स्थान तल अर्थात १२७औं स्थानमा पुगेको छ ।

घण्टौंघण्टा लाग्ने, महिनौं लाग्ने सूचना आदानप्रदानलाई क्षणभरमै विश्वसामु प्रसारण गर्ने जायन्ट स्रोतको रुपमा इन्टरनेटलाई लिइन्छ । यसले विभिन्न माध्यमका कन्टेन्ट लक्षित समूहमा सेकेन्डमै प्रवाह गर्न सक्षम रहनु, अध्ययनलाई सहज गराउनु, विशाल विश्वलाई नै एक समुदायको रुपमा जोड्नुले दिन प्रतिदिन बच्चा, युवा र वृद्धसम्मको क्रेज बन्न पुग्यो । साउण्ड, तस्विर, भिडियो, एनिमेशन र ग्राफिक्स सपोर्टले यसको प्रयोग ज्यामितीय अनुपातमा बढिरहेको छ । फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जाल र सूचना प्रसारणका साधनहरुका माध्यमले मानिसका क्षमतालाई समेत प्रसारण गर्दै आजको समयलाई सूचना तथा सञ्चार प्रविधिको युगको रुपमा इन्टरनेटले स्थापित गरेको छ ।

(लेखक शर्मा सूचना तथा सञ्चार प्रविधिमा स्नातकोत्तर क्लाउड लर्निङ हाउस बिरौटा र इन्फोम्याक्स प्रालिका सञ्चालक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *