इलाम २: कसको पल्ला भारी ?
इलाममा अहिले उपनिर्वाचनको माहोल छ । प्रतिनिधिसभाको लागि इलाम २ मा वैशाख १५ मा उपचुनाव हुन गइरहेको छ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा इलाम २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको देहावसानका कारण यो उपनिर्वाचन हुन गइरहेको छ । यो उपनिर्वाचनमा मुख्य रुपमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरिसकेको छ । यसर्थ ऊ यो प्रतिस्पर्धाबाट बाहिर छ । कांग्रेसले आफ्नो पुरानै उम्मेदवार डम्बरबहादुर खड्कालाई यसपटक पनि रणभूमिमा उतारेको छ । रास्वपाले टिकटकै लागि माओवादी केन्द्र त्यागेर आएका मिलन लिम्बूलाई आफ्नो उम्मेदवार बनाएको छ । केही स्वतन्त्र उम्मेदवारमध्ये पहिचानवादीहरुको साझा उम्मेदवारका रुपमा डकेन्द्रसिंह थेगिम रहेका छन् ।
एमालेको बलियो उपस्थिति रहेको इलाम २ मा सुहाङ नेम्वाङको जीत करिब करिब सुनिश्चित जस्तै छ । यसका केही आधारहरु छन् ।
चौतर्फी घेराबन्दी चिरेको ठाउँ
२०७९ सालको आमनिर्वाचन एमालेको लागि धेरै नै कठिन अवस्था थियो । एकातर्फ नेकपा फुटेकोमात्र थिएन, एमाले आफैं पनि एक ढिक्का रहन सकेको थिएन । एमालेका दुई पूर्वअध्यक्षलगायतले पार्टी विभाजन गरी नयाँ पार्टी निर्माण गरेका थिए । पार्टी पुनर्निर्माण गर्न नपाउँदै पार्टी चुनावमा होमिन परेको थियो । त्यसपश्चात् पनि चुनावमा कांग्रेस, माओवादी केन्द्रलगायतका पार्टीहरूले गठबन्धन गरेर एमालेविरुद्घ धावा बोलेका थिए । एमालेको अस्तित्व सकाउने रणनीतिअन्तर्गत बनेको गठबन्धनलाई चिरेर प्रतिकूल अवस्थामा पनि सुवास नेम्वाङले जीत हासिल गरेका थिए । आजको परिस्थिति फरक छ । माओवादी केन्द्रलगायत अन्य दुई पार्टीले एमालेलाई समर्थन गरेको छ भने नजिकको प्रतिस्पर्धी मानिएको कांग्रेस एक्लै चुनावमा होमिन परेको छ ।
रास्वपाले गुमाएको साख
इलाम २ को उम्मेदवार छनोटमा रास्वपाले आफूले लिँदै आएका केही नीतिहरूमा सम्झौता गरेको छ, जुन उसको लागि प्रत्युत्पादक हुने देखिन्छ । रास्वपाले उन्नत लोकतान्त्रिक चरित्र भनेर प्राथमिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने लोकप्रिय विधिको यसै उपनिर्वाचनबाटै तिलाञ्जली दिएको छ । एकतर्फ प्राथमिक निर्वाचनमा भाग लिन पार्टीमा ५ जना आकांक्षी थिए भने अर्काेतर्फ पार्टी नेतृत्व माओवादी पृष्ठभूमिका मिलन लिम्बूसँग आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न सम्झौता गर्दै थियो । मिलन लिम्बूकै कुरालाई आधार मान्ने हो भने रास्वपा नेतृत्वले संघीयता र पहिचानको मुद्दालाई समर्थन जनाइसकेको छ । पार्टीका अरु उम्मेदवारलाई ठाडो आदेशमा पार्टी नेतृत्वले पछि हट्न बाध्य बनाएका थिए । नत्र ५ मा एक जना पनि प्राथमिक निर्वाचनमा भाग लिन नचाहने भन्ने त हुँदै हुँदैन । झन् उन्नत लोकतन्त्र अभ्यास गर्ने भनिएको पार्टीमा यो त सुहाउने कुरानै भएन । उम्मेदवारै नपाइरहेको अवस्था हुन्थ्यो भने फरक विषय हुन्थ्यो ।
इलाम २ को उम्मेदवार छनोटमा रास्वपाले आफूले लिँदै आएका केही नीतिहरूमा सम्झौता गरेको छ, जुन उसको लागि प्रत्युत्पादक हुने देखिन्छ । रास्वपाले उन्नत लोकतान्त्रिक चरित्र भनेर प्राथमिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने लोकप्रिय विधिको यसै उपनिर्वाचनबाटै तिलाञ्जली दिएको छ ।
पार्टीका सहप्रवक्तासमेत रहेका रमेश प्रसाईं ‘हामी सहअस्तित्वमा विश्वास गर्छौं’ भनेर भोट मागिरहेको भिडियो सार्वजनिक हुँदै गर्दा पार्टीका उम्मेदवार भने एकल पहिचानको मुद्दाका मतियार हुन् । यस्तो दोग्लो चरित्रले रास्वपाले पपुलिस्ट राजनीतिमात्र गर्न खोजेको छ भन्ने प्रस्ट हुन्छ । पार्टीकै शीर्ष नेतृत्वले खेपिरहेका अन्य आरोपहरूलाई केही समय बिर्सने हो भने पनि रास्वपाले तनहुँ र चितवनको उपनिर्वाचनयता आफ्नो राजनीतिक साख जोगाउन सकिरहेको छैन ।
विरासतको भाष्य तोडेका सुहाङ
चुनावी अभियानको सुरुवाती चरणमा विरासतको भाष्य निर्माण गरेर सुहाङलाई निरुत्साहन गर्ने प्रयास प्रतिस्पर्धीहरूले नगरेका होइनन् । तर, सुहाङले त्यसलाई कुनै प्रतिरोधविना नै किनारा लगाइदिएका छन् । एक भिडियो सार्वजनिक गर्दै उनले आफू सुवास नेम्वाङको छोरा हुँदैमा सांसद भइहाल्ने या पार्टीको उपाध्यक्ष भइहाल्ने होइन, जनताको मन जितेर चुनावी प्रतिस्पर्धामा अब्बल सावित भएमात्र जनताको प्रतिनिधि हुने कुरा स्वीकारेकाले विरासतको राजनीति भन्न नमिल्ने र यसपश्चात् आफू यस्तो बहसमा नजाने भनेर एक परिपक्व राजनीतिज्ञ जसरी सो भाष्य चिर्न सफल भएका थिए । रह्यो कुरा पार्टीले टिकट दिने, त्यो त पार्टीले सो ठाउँमा जित्ने सम्भावना सबैभन्दा बढी भएकोलाई दिने हो । त्यो सुवास नेम्वाङका परिवारका अन्य पात्र, मित्र या पार्टीका अन्य कुनै कार्यकर्ता हुनसक्थे । अहिलेको परिस्थितिले युवा सुहाङको माग गरेको पार्टी नेतृत्वलाई लाग्यो । यो धेरै सामान्य विषय हो । केही दिनको बहसबाहेक विरासतको भाष्य स्वतः निष्क्रिय भएको छ ।
परिपक्व युवा राजनीतिज्ञको चरित्र प्रदर्शन
अभियानका क्रममा सुहाङले एक परिपक्व युवाको चरित्र प्रदर्शनमात्रै गरिरहेका छैनन्, हरेक उमेर समूहका मतदाताको मन जितिरहेको देखिन्छ । राजनीतिमा युवाको उपस्थितिलाई लिएर भाष्य निर्माण हुँदै गर्दा युवाहरूलाई खुला हृदयले स्थान दिने पार्टीहरूमा एमाले अग्रपंक्तिमा पर्छ । लामो इतिहास बोकेको पार्टी जसमा परिपक्व र पार्टीका लागि जीवन नै सुम्पेका नेता कार्यकर्ता हुँदाहुँदै पनि पार्टी नेतृत्वले सन्तुलन कायम गर्दै युवाहरूलाई स्थान दिएको पाइन्छ । सुहाङलाई मात्र स्थान दिइएको होइन, यसअघि पार्टीले पदम गिरी, महेश बर्तौला, सुनिता बराल जस्ता युवाहरूलाई क्रमशः मन्त्री, प्रमुख सचेतक र सचेतक जिम्मेवारी दिएर आफ्नो नीति प्रस्ट पारिसकेको छ ।
२०७९ सालको आमनिर्वाचनमा प्राप्त समानुपातिक मतलाई आधार मान्ने हो भने पनि सुहाङले सजिलो जीत निकाल्ने देखिन्छ । गत निर्वाचनमा इलामा २ मा एमालेले २५ हजार ५६२ मत पाएको थियो । माओवादी केन्द्रले पाँच हजार १५३ मत पाएको थियो । कांग्रेसले २२ हजार ३३३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार ६६८ मत पाएको थियो ।
युवा भन्दैमा सबै ४० मुनिकाले नवीन सोच, तरिका र ऊर्जा ल्याउन सक्दैनन् । युवालाई स्थान भन्दै गर्दा युवाले प्रगतिशील सोच र ऊर्जा ल्याउन सकेन भने त्यसको काम छैन । साथै अपरिपक्व युवाले पनि राजनीतिलाई सही दिशा दिन सक्दैन । कतिपय युवा भनिएकाहरुको चुनावी अभियान, व्यवहार र सोच पुराना भनिएकाहरूभन्दा पनि प्रतिगामी पाइन्छ । तर, सुहाङले भने परिपक्व युवा राजनीतिज्ञको उदाहरण पेश गरेका छन् । उनका चुनावी अभियानहरूबाट त्यो प्रस्ट झल्किन्छ । सामाजिक सञ्जालको पूर्ण सदुपयोगमात्र होइन, त्यसमा आउने कन्टेन्टहरूले पनि परिपक्व युवाको छवि झल्किन्छ । नम्र र शालीन ढंगले प्रस्तुत हुँदै गर्दा कहीँकतै पिताको विरासतको दम्भ देखिँदैन । बरु राजनीतिको रणभूमिमा सोचेभन्दा चाँडो पाइला चाल्नु परेकोले नम्रतासाथ आफू सिक्न तयार रहेको भाव उनमा झल्किन्छ ।
सत्ता बाहिर रहँदा र सत्तामा रहँदा दुबै अवस्थामा नेकपा एमालेले सहअस्तित्व र समावेशी राजनीतिको वकालत गरेकोले सुहाङलाई केही लुकाउनुपर्ने आवश्यकता नै छैन । उनी निर्धक्कसाथ भन्छन्- ‘हामी सहअस्तित्वका पक्षधर हौं ।’ एकल पहिचानको मुद्दालाई एमालेले पश्चिम पूर्व मध्य पहाडी लोकमार्ग यात्राकै बेला चिरिसकेको छ । कांग्रेसले सरकारमा हुँदा कोशी प्रदेशको हकमा दोग्लोपन देखाएकै हो । आज ऊ आफूलाई एकल पहिचान कि समावेशी भनेर प्रस्ट हुन सक्दैन । रास्वपाले त पहिचान पक्षधर स्वीकारेको उनको उम्मेदवार दावी गर्छन् भने पार्टीका अरु नेताहरू सहअस्तित्वको कुरा गरिरहेका छन् । जनता भ्रमको खेती रुचाउने पक्षमा छैनन् ।
२०७९ सालको आमनिर्वाचनमा प्राप्त समानुपातिक मतलाई आधार मान्ने हो भने पनि सुहाङले सजिलो जीत निकाल्ने देखिन्छ । गत निर्वाचनमा इलामा २ मा एमालेले २५ हजार ५६२ मत पाएको थियो । माओवादी केन्द्रले पाँच हजार १५३ मत पाएको थियो । कांग्रेसले २२ हजार ३३३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार ६६८ मत पाएको थियो । यो तथ्यांक एमाले एक्लै र कमजोर भएको अवस्थाको हो । कांग्रेसभन्दा एमालेका उम्मेदवार यसै डाटाका आधारमा पनि करिब नौ हजार मतले अगाडि छन् । तथ्यांकभन्दा पनि सुहाङ आफैंले देखाएको राजनीतिक चरित्रले पनि उनले आफ्नो बुबाको भन्दा सहज जीत हासिल गर्ने सम्भावना प्रबल देखिन्छ ।
लु सुवाङ बधाई
विश्लेषण सही छ।
लेखले जोड गरेजस्तो ठ्याक्कै त्यस्तो स्थिति पनि होइन सुहाङको। तर इलाम रोचक चाहिँ बनेको छ, देशभरका त्यही थुप्रीएका भएर चुनावी नतिजा सर्वाधिक चासोको कुरा भएको छ।