नेपालको अर्थतन्त्र सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी (भिडिओ) – Nepal Press

नेपालको अर्थतन्त्र सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका छन् । उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । उनले नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए ।

उनले सरकारले लिएको नीतिगत निर्णयको कारण वाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महंगी क्रमश घट्दै गएको उल्लेख गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए ।

उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश घट्ने क्रममा रहेको बताए । उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए ।

‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको संकट र रुस युक्रेन युद्वकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ’, उनले भने, ‘उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरु बलियो रुपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण वाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ ।’

उनले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए । उनले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर