१२० रनको लक्ष्य पाएको यूएईले गुमायो कप्तान वासिम
नेपाल प्रेस
२०८१ वैशाख ७ गते १३:४०
काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध १२० रनको लक्ष्य पछ्याइरहेको यूएईले पहिलो विकेट गुमाएको छ ।
यूएईले कप्तान मुहम्मद वासिमलाई गुमाएको छ । वासिमले ११ रन जोडे । सोमपाल कामीले उनलाई आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा सोमपालले वासिमलाई बोल्ड गरेका हुन् ।
यूएईले २ ओभरमा १ विकेट गुमाएर १५ रन जोडेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर