एमालेको उदय र नेपालको लय
विषय प्रवेश
एक उदीयमान शक्तिलाई स्थापित महाशक्तिले कसरी, किन र कुन आधारले धाप, छाप, आशीर्वाद र साथ दिन्छ भन्ने जान्न महाभारतमा वर्णित महादेव र अश्वत्थामाबीचको एक संवादको गहिराइसम्म पुग्नुपर्ने हुन्छ । महादेव अश्वत्थामालाई भन्छन्- ‘हे अश्वत्थामा ! श्रद्वा, भक्ति; सेवा, सुश्रुवा; त्याग, लगाव; धैर्य, सौर्य; समर्पण र पराक्रमको बलले कृष्णले मलाई वशीभूत पारेर यस महाभारत युद्धको परिणामलाई मनचाह आफ्नो पक्षमा पार्न सकेका थिए । किन्तु आज म तिम्रो आराधनाबाट प्रभावित भएँ । पाञ्चाल शिविरमा प्रवेश गरी पिताको हत्याको बदला लिन सक्छौं ।’
नेपालको भौगोलिक एकीकरणको महाअभियानमा पृथ्वीनारायण शाह, राजेन्द्रलक्ष्मी शाह र बहादुर शाह त्रिकोणलाई नेपाली जनताले दिएको साथ र नेपालको भावनात्मक एकीकरणको महाअभियानमा मदन, मनमोहन र ओली त्रिकोणलाई जागेका जनताले दिएको साथ कृष्णको श्रेष्ठता स्थापित गर्नमा महादेवको भूमिका जस्तै सराहनीय रहेको छ । अल्छी भयो भने गरुड पनि डेग चल्न सक्तैन । जहाँको त्यही रहन्छ । लगातार हिँड्यो भने कमिलाले पनि हजारौं कोशको यात्रा गर्छ । जुम्ला, काठमाडौं र पाल्पा त्रिकोण जस्ता दुई हजार वर्षभन्दा लामो विरासत बोकेका राज्यहरुले अस्तित्वबाट हात धुनु र मात्र २०० वर्ष लामो इतिहास भएको सानो पर्वते राज्य गोर्खाले नेपाल एकीकरण महानायकत्व प्रदान गर्नु र विगतका गौरवशाली तीन दशकमा दरवार, दिल्ली र कांग्रेसको मिलिजुली, आलोपालो र छिनाझपटीसहितको नेपाल र नेपाली जनतामाथिको शोषण, दमन, दोहन र रजगजलाई पूर्णविराम लगाउने गरी एमालेको भएको उदय, लय र लक्ष्यवर्ती राजनीतिको श्रीवृद्धि दुई मिल्दाजुल्दा उदाहरण हुन् । सानो पर्वते राज्य गोर्खाको उदयमा जनताले पृथ्वीनारायण शाहलाई दिएको साथ र आजको नेपालमा एमालेको उदय र मौजुदीमा नेपाली जनताले दिएको साथ मातृभूमि नेपालको अटल सौभाग्यको आधार हो ।
जुम्ला, काठमाडौं र पाल्पा त्रिकोण र गोर्खा
जुम्ला, काठमाडौं र पाल्पाको अहंकार तोड्ने र विरासत उल्ट्याउने गरी पृथ्वीनारायण शाह नेतृत्वको गोर्खाले लिएको लय, गति र गरेको प्रगति लक्ष्यवर्ती राजनीतिको पारखीका लागि एक पाठशाला हो । नेपाल एकीकरण अभियानको नेता हुनुअघि गोर्खाको स्थिति छिमेकी राज्यको तुलनामा नाजुक थियो । बाइसी चौबीसी कालमा राज्यको शान सौकत प्रदर्शन गर्ने थलो विवाह समारोह हुने गर्थ्यो । गोर्खाका युवराजको विवाहमा भने इज्जत बचाउन गोर्खालीहरुलाई धौधौ पर्थ्यो । उदाहरणको रुपमा गोर्खालाई अनन्त ऊर्जा दिने राजा राम शाहलाई वैभवशाली राज्य पर्वतका राजाले छोरी दिन्छु भनेर भान्जी दिएर झारा टारेका थिए । स्वयं पृथ्वीनारायण शाह डोली लिएर जाँदा मकवानपुरमा स्तर नमिलेकै कारणले अपमानित हुनुपरेको थियो । लडाकु चरित्रको विकास गरेको भए पनि वैभव र विरासत पातलो भएकाले पुस्ता पुस्तामा अपमान खेप्न गोर्खा बाध्य जस्तै थियो ।
विक्रम संवत सुरु हुनुभन्दा पुरानो इतिहास भएका जुम्ला र काठमाडौं र १५ औं शताब्दीमा दबदबा कायम गरेको पाल्पाको तुलनामा गोर्खा राज्यको स्थापना वि. सं. १६१६ साल भदौ २४ गते द्रव्य शाहले गरेका थिए । गोर्खा राज्य स्थापना भएको ८० वर्षपछि राम शाहले २६ स्थिति बाँधेर गोर्खालाई सरदर बाइसे-चौबीसे राज्यहरुको भीडभन्दा विशिष्ट राज्यका रुपमा उभ्याएका थिए । सुधारले गोर्खाले एकातिर अन्य छिमेकी राज्यको तुलनामा उत्कृष्ट प्रणाली स्थापित गर्यो भने अर्काेतर्फ एक सानो राज्यलाई शक्तिशाली राज्य बन्न चाहिने आधारभूत बहुमुखी योजना राम शाहको ३३ वर्षे शासनकालभरि निरन्तर लागू र प्रयोग गर्न सघायो ।
डाइनोसर झैं जड भएर र हराएर जाने आधार खडा यो त्रिकोणले नेपालमा सुरुदेखि नै गरेको छ । नेपाली जनताप्रति निष्ठा नहुनु, जुकाको जुनी ग्रहण गरेर जनताको शोषणबाहेक अर्को मक्सद नहुनु र जनतालाई संगठित र समृद्ध भएको हेर्न नचाहने खराब नियतले गर्दा नेपालमा दरबार, दिल्ली र कांग्रेसका दिन सकिन पुगे ।
राम शाहका प्रशासनिक, न्यायिक, आर्थिक र धार्मिक सुधारले गोर्खाको ख्याति र प्रतिष्ठा वृद्धि भयो । आर्थिक सुधारले गर्दा राज्य आर्थिक हिसाबले मजबुत भयो । न्यायिक सुधारले गोर्खाको आन्तरिक एकतालाई सुदृढ पार्यो । न्याय नपाए गोर्खा जानु भन्ने सुवास चारै दिशातिर चल्यो । चौतरिया (प्रधानमन्त्री), धर्माधिकारी (प्रधान न्यायाधीश), काजी र सरदार (सेना प्रमुख) कपरदार (दरबारसम्बन्धी) खरदार (विदेश मामिला) पुरोहित र राजगुरु जस्ता राजकीय पदको स्थापना र शक्ति तथा नेतृत्वको एक किसिमको बाँडफाँटले शक्ति पृथकीकरण हुन गयो । गोर्खालाई सात वटा थुममा विभाजित गरियो । यसको रक्षा उमरावले गर्थ्यो । उमरावको सहयोगीका रुपमा द्वारे रहने गर्थे । थुमको व्यवस्थाले गोर्खामा स्वशासनले बढावा पाएको थियो । यसरी गोर्खालाई एक हदसम्म सामेली र सामूहिक नेतृत्वको पोषण मिलेको थियो ।
वि. सं. १७६२ मा राजा पृथ्वीपति शाहले गोर्खालाई सैन्य गठबन्धन र बाह्य हस्तक्षेपको तहमा उकासे । ललितपुरका राजा सिद्धिनरसिंह मल्लले मकवानपुरमाथि हमला गरेपछि गोर्खा ललितपुर नेतृत्वको गठबन्धनमा सामेल भएको थियो । पछि कान्तिपुर धुरीसँग गोर्खा जोडिन पुग्यो । कान्तिपुरको आन्तरिक अस्थिरताले गर्दा पृथ्वीपति शाह लगभग एक्लिन पुगे । यही मौका छोपी लमजुङले गोर्खाको शिरानचोकमा आक्रमण गरेको थियो । आक्रमण विफल पार्न गोर्खाली सफल भए पनि सैन्य गठबन्धन र बाह्य हस्तक्षेपले गोर्खालीलाई सिकाइबाहेक केही दिन सकेन ।
पृथ्वीपति शाहपछि उनका नाति नरभुपाल शाह गोर्खाका राजा भए । उनले १७९४ सालमा अर्थात् गोर्खा राज्य स्थापना भएको १७८ वर्षपछि नुवाकोटमाथि आक्रमण गरेर गोर्खा राज्यलाई आक्रमण गर्ने तहमा पुगाए । भलै नुवाकोटमाथिको आक्रमण असफल भयो । यस असफलताले गोर्खालाई निराशा र हतासाको तहसम्म पुगायो । विक्षिप्त भएर नरभुपाल शाहले राजकाजबाट हात झिके र १७९९ सालमा प्राण त्यागे । नुवाकोटमाथिको असफल आक्रमण र गोर्खालीको हतासाले किशोर अवस्थाका पृथ्वीनारायण शाहको मथिङ्गल हल्लाइदियो । उनी गोर्खाको हतासारुपी खरानीको थुप्रोमुनि रहेको अनन्त सम्भावना रुपी फिलिंगो जगाउन लागिपरे ।
वि. सं. १८०० मा नुवाकोटमाथि दोस्रो आक्रमण गर्न पृथ्वीनारायण शाहले विराज थापा मगरको नेतृत्वमा सेना पठाए । सेनालाई यस पटक असफलता हात लाग्यो । हार व्यहोरे पनि हरेस नखाने पृथ्वीनारायण शाहको बानी थियो । सर्वप्रथमतः उनले आफूले रुचाएका विराज बखेती र जनताले खोजेका कालु पाण्डेमध्ये जनताको रोजाइलाई स्थान दिँदै कालु पाण्डेलाई काजी नियुक्त गरे । यो सही निर्णय लिएर उनले हुने विरुवाको चिल्लो पातको लक्षण देखाए । राजहठको ठाउँमा जनताको चाहना र रोजाइलाई स्थान दिने पृथ्वीनारायण शाहको यो असल सुरुवातले गोर्खाको गुमिसकेको मनोबल र मरिसकेको सपनालाई पुनर्जीवन दियो ।
खासमा भन्ने हो भने राजतन्त्रले बहादुर शाहपछि कर्मको आधारमा देशको नेतृत्वदायी भूमिका प्रदान गर्ने पहिचान गुमाइसकेको थियो । निरंकुशताको बलमा टिकेको दरबार एउटा सानो स्वार्थ समूहको स्वार्थसिद्धि गर्नमा संकुचित भैसकेको थियो । दरबारको नेतृत्वमा रहेको सामन्ती निरंकुशतावादी शक्ति जनताको जागरणबाट जहिल्यै जल्दै आए ।
अर्थ, हतियार, सैन्य शक्ति र उच्च मनोबलको आपूर्ति गरी उनी नुवाकोटमाथि फेरि धावा बोल्ने तयारीमा जुटे । नुवाकोटमाथिका दुबै आक्रमण असफल हुनुको मोटो कारण त्रिशूली नदी पश्चिमका माझीहरुको नुवाकोटप्रतिको अटल निष्ठा र गोर्खालीप्रतिको असहयोग थियो । यस तथ्यबाट जानकार पृथ्वीनारायण शाहले ती माझीहरुमाथि पूर्वाग्रह राखेनन् । बरु चाडपर्वको बेला कोसेली दिएर अनुकूल राख्ने अथक प्रयास गरे । १८०४ सालको असोज १५ गते गोर्खाले सजिलै नुवाकोटमाथि विजय हासिल गर्यो । एकीकरणको यो अभियान रणहादुर शाहको शासन कालको १८६६ सालको काँगडा किल्लाको तीन वर्ष लामो घेराबन्दीसम्म तन्कियो ।
दरबार, दिल्ली र कांग्रेस त्रिकोण र एमाले
विरासत रासन कार्ड होइन । अग्रजहरु एटीएम होइनन् । विरासतलाई रासन कार्ड र अग्रजलाई एटीएम ठान्ने भीडले सिर्फ समस्यामात्र निम्त्याउँछ । नायक लक्ष्यवर्ती रहेमात्र देशले लय पक्रन्छ । लक्ष्यहीन र सपना शून्य नेतृत्वको मौजुदीले देशको थाप्लोमा दुर्भाग्य थोपर्छ । मातृभूमिको भागमा सौभाग्य थमाउन युवाहरुको हरेक पुस्तालाई सचेत, संगठित, जागृत राख्ने र जनतालाई आन्दोलित पार्ने सदाबहार राजनीतिक स्कुलिङको दरकार पर्छ ।
२०४६ सालसम्म आइपुग्दा नेपाल एकीकरणको नेतृत्व गरेको विरासतको भरमा टिकेको शाहवंशीय राजतन्त्र, २००७ सालको दिल्ली सम्झौतायता नेपालमा हावी र हर्ताकर्ता हुन खोज्ने भारतीय शासक वर्ग र यी दुई शक्तिको गुलामी, मलामी र सलामीको चौघेरामा रहेर दलाली गर्न पल्केको नेपाली कांग्रेसले एकैसाथ सान्दर्भिकता गुमाउन पुगे । जागेका जनताको सर्वाेच्चता र जनताको शासनको उघ्रिएको नयाँ क्षितिजमा यी तीन वटै शक्ति अनुकूल हुन सकेन । आचार्य चाणक्य भन्छन्- ‘जनताको साथभन्दा ठूलो कुनै शक्ति छैन । जनताको कोप जति निर्मम केही हुदैन ।’ उनीहरुले जागेका जनताको तागत र कोपको अनुमान लगाउन कहिल्यै चाहेनन् । राजनीतिकर्मी जनताको दिलमा बस्नुपर्छ । नसके अरुलाई बाटो छोडिदिएर किनारामा बस्नुपर्छ । नत्र जनताले भिरको डिलमा पुर्याइदिन्छन् । युगको यही साउती नबुझ्दा नेपालमा दिल्ली, दरबार र कांग्रेस त्रिकोणको युग सकिएको हो ।
पशु अरुको फन्दामा पर्छ । तर, मान्छे यस्तो जाति हो, जो आफ्नै फन्दामा फस्छ । डाइनोसर झैं जड भएर र हराएर जाने आधार खडा यो त्रिकोणले नेपालमा सुरुदेखि नै गरेको छ । नेपाली जनताप्रति निष्ठा नहुनु, जुकाको जुनी ग्रहण गरेर जनताको शोषणबाहेक अर्को मक्सद नहुनु र जनतालाई संगठित र समृद्ध भएको हेर्न नचाहने खराब नियतले गर्दा नेपालमा दरबार, दिल्ली र कांग्रेसका दिन सकिन पुगे ।
राजतन्त्र पृथ्वीनारायण शाहको कालको जस्तो सान्दर्भिक, स्वप्नदर्शी र लक्ष्यवर्ती रहेन । ऊ त जनताको जागरण, जनताको एकता, जनताको तागत र उन्नति, प्रगति र समृद्धिको बाधक शक्तिमा रुपान्तरित भैदियो । खासमा भन्ने हो भने राजतन्त्रले बहादुर शाहपछि कर्मको आधारमा देशको नेतृत्वदायी भूमिका प्रदान गर्ने पहिचान गुमाइसकेको थियो । निरंकुशताको बलमा टिकेको दरबार एउटा सानो स्वार्थ समूहको स्वार्थसिद्धि गर्नमा संकुचित भैसकेको थियो । दरबारको नेतृत्वमा रहेको सामन्ती निरंकुशतावादी शक्ति जनताको जागरणबाट जहिल्यै जल्दै आए । मरिच चाउरियो आफ्नै रागले भने झैं राणा शासन र पञ्चायत कालमा सत्ताको केन्द्र भागमा बसेर स्वेच्छाचारी एवं निरंकुश ढंगले मालामाल भएका अभिजात्य तत्वहरु तथा तिनीहरुका वफादार नोकरहरु परिवर्तनबाट मर्माहत भए । आफ्नो रजगज कायम राख्न उनीहरुले २००७ साल र २०४६ सालको दुबै परिवर्तनपछि कांग्रेस र दिल्लीसँग साँठगाँठ बढाए । दरबार र उसको छातामा रहेका अभिजात्य वर्गले कमिसन किङहरु, भ्रष्टाचारी, एकाधिकारवादी आर्थिक केन्द्रसँग सम्बन्ध अविछिन्न रुपले राख्ने गरे ।
नेपाली कांग्रेस स्थापनाकालमै ‘देशभित्र राणाहरुलाई धम्की र दबाब दिएर मेलमिलाप गर्ने, राणाहरुको दलाली गर्ने र देश बाहिर भारतीय एकाधिकारवादी पूँजीपतिको सेवा गर्ने’ शक्तिमा दर्ज भयो । २०४६ सालको परिवर्तनपछि पनि कांग्रेसको चेत फर्किएन । कांग्रेस फेरि जनतालाई बिर्सिएर दरबार र दिल्लीको निर्भर रह्यो ।
कहिलै सूर्य नअस्ताउने साम्राज्य बेलायतको विभाजनपछि सन् १९४७ मा मात्र अस्तित्वमा आएको भारत नेपालका लागि बेलायतभन्दा कम प्रतिकूल र कम दोहनकारी कहिल्यै बनेन । शदियौंदेखि अपमानित, अपहेलित, शासित र प्रताडित स्थितिबाट एकाएक शासक बनेपछि भारतीय शासक वर्गको नेपालमाथिको रवैया र दृष्टि कहिल्यै सकारात्मक रहेन । पुष्पलालले विश्लेषण गरे जस्तै ‘भारतीय एकाधिकारवादी ठूलो पूँजीपति वर्गले राणा शाहीसँग मिलेर शोषण गर्यो ।’ मदन भण्डारीको निष्कर्ष जस्तै ‘नेपाल भारतीय पूँजीपति वर्गको लगानी, शोषण र मुनाफा कमाउने थलो’ बनाइएको छ । नेपाली कांग्रेस स्थापनाकालमै ‘देशभित्र राणाहरुलाई धम्की र दबाब दिएर मेलमिलाप गर्ने, राणाहरुको दलाली गर्ने र देश बाहिर भारतीय एकाधिकारवादी पूँजीपतिको सेवा गर्ने’ शक्तिमा दर्ज भयो । २०४६ सालको परिवर्तनपछि पनि कांग्रेसको चेत फर्किएन । कांग्रेस फेरि जनतालाई बिर्सिएर दरबार र दिल्लीको निर्भर रह्यो ।
नेपाली कांग्रेसले २०४८ सालमा बहुदलीय व्यवस्थाको आगमनपछि एकमना सरकार बनायो । उसले जनताको दिलमा बस्ने नभई भारतीय शासक वर्गको दुनो सोझ्याउने र ताबेदारी गर्ने बाटो अवलम्बन गर्यो र भिरको डिलमा पुग्यो । अहिलेको चरम आर्थिक मन्दी र विकराल संकटको ढोका कांग्रेसले पचासकै दशकमा खोलेको थियो । जनआन्दोलनद्वारा भएको सकारात्मक राजनीतिक परिवर्तनलाई उपयोग र प्रयोग गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि केही सकारात्मक परिवर्तन आउनेछ भन्ने जनताको सपनामा कांग्रेसले सुरुमै पानी खन्यायो । कांग्रेसको सरकारले सामन्त वर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग र वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादको हित रक्षाबाहेक केही गरेन । किसानहरु, राष्ट्रिय उद्यमी र व्यापार व्यवसायीहरुमाथिको उत्पीडन जारी राख्यो । समाजवादी देशहरुले मित्रताको निम्ति विकास सहयोगस्वरुप निर्माण गरिदिएका र सरकारी स्वामित्वमा रहेका तथा रोजगार र राजस्व वृद्धि गर्न ठूलो योगदान गरिरहेका उद्योग संस्थानहरुलाई निजीकरणको नाममा विदेशी पूँजीपतिहरुको हातमा सुम्पियो । उदार अर्थतन्त्रको नाममा भर्खरै वामे सर्न थालेका राष्ट्रिय उद्योगलाई धराशायी पार्न नियोजित रुपले विदेशी पूँजीसँग प्रतिस्पर्धा गर्न बाध्य पारियो । भएका उद्योगहरु कांग्रेसको भारत परस्त नीतिका कारणले बन्द भए । उद्योगहरु धराशायी हुँदा उद्योगसँग सम्बन्ध राख्ने कपास, उखु, जुट खेतीमा निर्भर किसान र उद्योगका हजारौं श्रमिकहरु बेरोजगार भए । यसले वैदेशिक व्यापार घाटाको सुनामी ल्यायो ।
२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट युवा नेताहरु थोरै मेहनतमा राज्यको हर्ताकर्ता बने । उनीहरुले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरुले सिंगो जीवन खर्चिएर बनाएको नेपाली कांग्रेसको विरासतलाई रासन कार्डमात्र सम्झिए । नेपालमा राजनीतिक स्थिरता, पारदर्शिता, उद्यमशीलता र तीव्र विकासले भारतीय शासक वर्गको निरन्तरको सूक्ष्म व्यवस्थापन र हस्तक्षेपमा पूर्णविराम लाग्थ्यो । यो सब हिसाबकिताबसहित कांग्रेसको द्वन्द्वमा खेल्दै भारतीय शासक वर्गले कांग्रेसभित्रका ३६ जना सांसदलाई आफ्नै जीवन गुरु गिरिजाप्रसाद कोइरालाविरुद्ध उतार्न सक्यो । सुविधाजनक बहुमतको गिरिजाप्रसाद सरकार २०५१ साल असारमा ढल्यो । कांग्रेसले यस्ता मौका फेरि पनि पायो । तर, जनता केन्द्रित राजनीतिको दरकार कहिल्यै देखेन ।
कोअर्डिनेसन केन्द्र हुँदै नेकपा मालेको स्थापनापछि जनवर्गीय संगठनको निर्माण र परिचालनमा सफलता हासिल हुँदै गयो । नेतृत्वको अहंकार, महत्वाकांक्षा र व्यक्तित्वको टकरावले वामपन्थी आन्दोलनको पक्षघातको रुपमा रहेको गुटफुट र विभाजनलाई बल प्रदान गरेको अवस्थामा मदन भण्डारीले माले-मार्क्सवादी एकीकरण गरेर एमाले गठन गर्ने सही निर्णय लिनु भयो ।
देश र जनताप्रति कुनै निष्ठा नभएका शक्तिको उक्त भूमिमा आवश्यकता र औचित्य रहँदैन । योजनाहीन, सपना शून्य र युगको साउतीबाट बेखबर रहँदा जसरी जुम्ला, काठमाडाैं र पाल्पा जस्ता शक्ति केन्द्रलाई उनीहरुको विरासतले मात्र रक्षा गर्न सकेन, त्यसरी नै दरबार, दिल्ली र कांग्रेस त्रिकोणमाथि नेपाली जनताको कोप भारी पर्दै गएको छ । दरवारले अस्तित्वबाट हात धोइसकेको छ । कुनै बेला दुई तिहाइ बहुमत र सुविधाजनक बहुमत प्राप्त गर्ने कांग्रेस अब एमालेको सामना गर्न गठबन्धनको बैशाखीको जोहो गर्न बाध्य छ । नेपाल र नेपालीसँग सभ्यता, संस्कार, संस्कृति, धर्म, अर्थको साझेदार र निकट भएर पनि भूगोल र राजनीतिप्रतिको खराब नजरका कारण भारतीय शासक वर्ग एक स्थायी बाझेदार र दूरमा रहेको स्थिति छ । आवश्यकता नै आविस्कारको जननी हो । ऐय्यासी, सपनाशून्य र युगको इशारा नबुझ्ने बाइसे चौबीसे राज्यहरुको बिस्कुनको बीचमा गोर्खाको उदय इतिहासको माग थियो । दरबार, दिल्ली र कांग्रेस त्रिकोणको रजगजमा पूर्णविराम लगाउने गरी एमालेको उदय पनि युगको आवश्यकता हो ।
मदन, मनमोहन र ओली त्रिकोण
गोर्खाको इतिहासमा राम शाह र नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा जननेता मदन भण्डारीको स्थान विशिष्ट रहेको छ । भण्डारीको उदयअघि विश्वभरिका कम्युनिष्ट पार्टीहरु एकप्रकारले तानाशाह उत्पादन गर्ने कारखाना थिए । मार्क्स, मन्टेस्क्यु, माओ र महात्मा गान्धीका विचारहरुलाई न्याय गर्दै जनताको बहुदलीय जनवाद प्रतिपादन भएपछि लोकतन्त्र र लोकतान्त्रिक आन्दोलन पूँजीवादी लोकतन्त्रवादीहरुको मात्र एक्लौटी बपौती रहेन । मार्क्सको वर्ग संघर्ष र द्वन्द्वात्मक भौतिकवाद, मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्त, माओको नौलो जनवादी प्रयोग र महात्मा गान्धीको निःशस्त्र जनताको शान्तिपूर्ण आन्दोलनको प्रयोगलाई कतै एकैसाथ न्याय र स्थान कतै मिलेको छ भने त्यो जनताको बहुदलीय जनवादमा नै हो । जनताको बहुदलीय जनवादी प्रतापसूर्यका कारण आज नेकपा एमाले जनसमुदाय र विश्व समुदाय दुबैले स्वीकार गरेको विश्वको एउटामात्र त्यस्तो राजनीति दल हो, जसलाई वामपन्थी पार्टी र लोकतन्त्रवादी पार्टीबाट भाइचारा पार्टीको सम्मान र मान्यता मिलेको छ । जसरी पानीभन्दा अक्सिजन र हाइड्रोजन दुबै तत्व समेटिने गर्छ, त्यसरी नै एमालेभन्दा लोकतान्त्रिक आन्दोलन र साम्यवादी आन्दोलन दुबैलाई न्याय हुन्छ ।
आधुनिक नेपालका चुनौती चिर्दै सम्भावनाहरुलाई वास्तविकतामा बदल्न कस्तो खालको नेतृत्वदायी राजनीतिक दलको दरकार छ भन्ने सुझबुझको आपूर्ति मदन भण्डारीले गरेकाले आजको एमाले सरदर पार्टीहरुको भीडबाट पृथक छ र विशिष्ट स्थिति र स्थानमा छ । एमालेको यो सफलता र विशिष्टताको बलियो जगमाथि मदन भण्डारीले यसरी प्रकाश पार्नुभएको थियो- ‘हाम्रो पार्टी रुढीवादलाई काँध हाल्ने पार्टी होइन र विज्ञानका बारेमा पनि अन्धविश्वास राखेर चल्ने पार्टी होइन । शास्त्र र सूत्रहरुको निम्ति जीवनको बलिदान दिने होइन, जीवनको निम्ति सूत्र र शास्त्रहरुको रचना गर्ने पार्टी हो । गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती नहोस् भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भएपछि त्यसैको जिम्मा लगाएर आफू पन्छिने पार्टी होइन । काम गर्ने आँट गर्नुपर्छ, रचनात्मक ढंगले काम गर्ने शैली अपनाउनु पर्छ र गल्ती भए सच्याउने तत्परता र साहस देखाउनु पर्छ । हाम्रो पार्टी त्यस्तो पार्टी हो ।’
दुई कम्युनिष्ट तीन चिराको हालतमा छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलन झापा सशस्त्र विद्रोहबाट एकीकरणको दिशातर्फ अग्रसर भयो । कोअर्डिनेसन केन्द्र हुँदै नेकपा मालेको स्थापनापछि जनवर्गीय संगठनको निर्माण र परिचालनमा सफलता हासिल हुँदै गयो । नेतृत्वको अहंकार, महत्वाकांक्षा र व्यक्तित्वको टकरावले वामपन्थी आन्दोलनको पक्षघातको रुपमा रहेको गुटफुट र विभाजनलाई बल प्रदान गरेको अवस्थामा मदन भण्डारीले माले-मार्क्सवादी एकीकरण गरेर एमाले गठन गर्ने सही निर्णय लिनु भयो । राजनीतिमा सही निर्णयले देखाउने भनेकै जादु हो । तत्कालीन मालेको प्रखर, वैचारिक र हर्ताकर्ता मदन भण्डारीले एक नम्बर वरियताको नेताबाट दोस्रो नम्बरको वरियताको नेता हुन गरेको त्याग, तत्परता र अग्रसरता नेपालको इतिहासमा अभूतपूर्व र विरल कोटीको घटना थियो । मदनको महत्ता कम्युनिष्ट आन्दोलन एकीकरणमा मात्र सीमित छैन । सन् १९९० को दशकमा सोभियत संघको विघटन र पूर्वी युरोपमा समाजवादी आन्दोलन खाएको धक्कासँगै मार्क्सवादको पुनर्व्याख्या, सम्भावित व्यापक रक्तपातको संघार र सिक्किमीकरणको खतराबाट मातृभूमिलाई जोगाउन चाहिएको शास्त्र बल र शस्त्र बलको जीर्णोद्धार गर्नमा छ ।
मदन भण्डारी नै त्यस्तो जननेता हुनुहुन्थ्यो, जसले जनसभाहरुलाई जनताको पक्षका अभेद्य किल्ला बनाउनु भयो । भाषणमार्फत् मदनले केही यस्ता तर्क, तथ्य, विचार, सवालहरुका तोप पड्काउनु भयो, जसले गर्दा दरबार, दिल्ली र कांग्रेस त्रिकोणको लुटको स्वर्गमा पूरताल नै गर्न नसकिने गहिरा खाल्डाहरु परे ।
राज्यसत्ताको सारतत्व वर्गीय चरित्रसँग सम्बन्धित छ र शासनतन्त्र स्वरुपसँग सम्बन्धित छ भन्ने तर्क पेस गर्दै संसद र शक्ति पृथकीकरणले कम्युनिष्ट क्रान्तिकारितामा खिया लाग्छ भनेर नाक खुम्च्याइरहेका वामपन्थीहरुको भ्रमलाई हटाउनुको श्रेय मदन भण्डारीलाई जान्छ । बुर्जुवा संसदको सारतत्वको विरोध र स्वरुप पक्षको उपयोगले जनताको बहुदलीय जनवाद नै जडसूत्रवाद र विसर्जनवादको विरोधी र मार्क्सवादको सृजनात्मक प्रयोग र विकासको सही लिक र सन्तुलनमा रहेको विचार दर्शन हो भन्ने पुष्टि गर्छ ।
नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा जननेता मदन भण्डारी नै त्यस्तो पहिलो नेता हुनुहुन्थ्यो, जसले भाषणको बेला जनतासँग प्रत्यक्ष संवाद गर्ने सामर्थ्य राख्नुका साथै विपक्षमाथि कटाक्ष गर्नमा कीर्तिमान कायम गरेको स्थिति थियो । मदन भण्डारीको उदय हुनुभन्दा अघि देशमा आयोजना हुने ठूल्ठूला आमसभा कि दर्शक दीर्घाको राजाप्रतिको एकोहोरो भक्तिभाव झल्किएका हुन्थे भने कि त कांग्रेसको महत्ता र एकाधिकार झल्किने खालका हुन्थे । मदन भण्डारी नै त्यस्तो जननेता हुनुहुन्थ्यो, जसले जनसभाहरुलाई जनताको पक्षका अभेद्य किल्ला बनाउनु भयो । भाषणमार्फत् मदनले केही यस्ता तर्क, तथ्य, विचार, सवालहरुका तोप पड्काउनु भयो, जसले गर्दा दरबार, दिल्ली र कांग्रेस त्रिकोणको लुटको स्वर्गमा पूरताल नै गर्न नसकिने गहिरा खाल्डाहरु परे । मदनको प्रखरताको आलोकमा नेपालमा आमसभाको माध्यमबाट जनतालाई यो वा त्यो प्रकारले अर्ति दिन रुचाउने परम्परागत त्रिकोणको युग सकियो र जनताले आपसमा संवाद गर्ने लोकतान्त्रिक युगको श्रीगणेश भयो । दरवार, दिल्ली र कांग्रेस त्रिकोणको शेखी चूर्ण पार्ने र जनमानसमा रहेको यस त्रिकोणका प्रतिको भ्रमको बाक्लो कुहिरो हटाउने मदन भण्डारीका भाषणहरु आजको नेपालका आधारशीला हुन् ।
२०४८ सालमा बैशाख २९ गते सम्पन्न भएको आमनिर्वाचनमा एमालेले संसदको तल्लो सदन प्रतिनिधिसभामा २०५ मध्ये ६९ सीटमा विजय हासिल गर्यो । उक्त चुनावको म्यान अफ इलेक्सन जननेता मदन भण्डारी हुनुभयो । साइकल चढेर एक नेताले हेलिकप्टरमा सवार हुने प्रधानमन्त्रीलाई चुनावमा हराउनसक्छ । मदनले यो जटिल सम्भावनालाई वास्तविकता बदल्नुभयो । सन्त नेता कृष्णप्रसाद भट्टराईको त्यो हार नेपालमा दरवार, दिल्ली र कांग्रेस दुई दिनका पाहुना हुन् भन्ने सत्यको पूर्वसंकेत थियो । बहालवाला प्रधानमन्त्रीलाई चुनावमा पराजित गरेको कीर्तिमान एमालेको नाममा दर्ज हुनु निष्ठाको राजनीतिको युगको शुभारम्भ थियो । विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको बेला एमाले प्रमुख प्रतिपक्षको हैसियतमा पुग्नु असल सुरुवात थियो ।
२०५१ साल कार्तिक २७ गते सम्पन्न मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाका ८८ स्थानमा एमाले विजयी भयो र संसदमा सबैभन्दा ठूलो दल बन्यो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार बनायो । संसारमा निर्वाचनको माध्यमबाट पहिलो कम्युनिष्ट सरकार बनाएको कीर्तिमान एमालेको नाममा आयो । ठूलावडाहरुको शान सौकत प्रदर्शनको थलो कहलिएको राज्य, राजनीति र राजस्वलाई जनताको चिसो चुलोसँग जोडेर नेकपा एमालेको नौ महिने सरकारले नयाँ युग ल्यायो ।
ओली विरासत
समय सधैं एकनास बग्दैन । दासढुंगा काण्ड, २०५४ सालको पार्टी विभाजन, मनमोहन अधिकारीको निधन र वैचारिक र हकी नेता केपी शर्मा ओलीको आगमन रोक्न सीपी र वामदेवदेखि माधव र झलनाथका गठजोडमाथि देशी विदेशी चलखेलका कारण एमाले नराम्रोसँग शक्ति ऐंठनको शिकार भयो । मुलुक द्वन्द्वमा फस्यो । अस्थिरता र अशान्तिको धमिलोमा नेपाललाई सके सिक्किम झैं विलय गर्ने, नसके भूटान झैं हत्केलामा नचाउने इरादा भारतीय शासक गुटको रह्यो । २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभा निर्वाचनको परिणाम राजा, कांग्रेस र एमाले त्रिकोणको प्रतिकूल र माओवादी, मधेशवादी र दिल्ली त्रिकोणको अनुकूल आयो । संविधानसभाका प्रत्यक्षतर्फका २४० मध्ये केवल ३३ सीटमा समेटिएर एमाले कोमामा पुग्यो । एमालेको पतनसँगै मदन र मनमोहनका देनहरु पनि एक चिहान हुने खतराको घण्टी बजेको बेला इतिहासले राजनेता केपी शर्मा ओलीको परीक्षा लियो ।
पूर्वाधारको विकास, सामाजिक सुरक्षा, सामाजिक न्याय, राष्ट्रियताको जगेर्ना, स्वाभीमानको मेरुदण्ड र देशभक्तिको ओली विरासत आजको नेपालको पहिचान बनेको छ । लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा, नेपाल बनाउन सकिन्छ भन्ने आत्मविश्वास, सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय संकल्प एमालेको उदय र नेपालले लिएको लयका डोबहरु हुन् ।
संक्रमणकालको संवेदनशीलता, विदेशी चलखेल, एमालेको लोकतन्त्रप्रतिको अटल निष्ठा कायम राख्नुपर्ने दबाब, उग्र वामपन्थको खतरा, माओवादीको विजय उन्माद, प्रतिगामी चलखेल, कांग्रेसको आग्रह, एमालेको चुलोमा प्रभाव पार्ने कांग्रेस-माओवादीको धूवाँ, चलाख गिरिजाप्रसाद, तेज प्रचण्ड, जुम्सा र लोभी सहकर्मी, प्रतिकूल पार्टी सत्ता ओली अगाडि एक होइन अनेक चुनौतीका पहाड थिए । यस चक्रब्यूहमा ओली अभिमन्यु हुने खतरा थियो । तर, अर्जुन बनेर आएपछि एमालेको आँगनमा औंसीको अवतरण धेरै दिन टिकेन ।
राजतन्त्रको अन्त्य, माओवादीको नेतृत्वमा एमाले सम्मिलित गैरकांग्रेस सरकार, युथफोर्सको परिचालन, वाईसीएलको सबक सिकाइ, सेनापति काण्डमा देशको मेरुदण्ड सेनाको उद्धारार्द्ध कोइराला, केपी र कटवाल त्रिकोण, माधव नेपाल र झलनाथ खनालको सत्तागमन, दोस्रो संविधानसभा निर्वाचनमा एमालेको पुनरोदय र माओवादीको संसदीय हैसियतको कदकाँटीको काँटछाँट, कांग्रेस एमालेको संयुक्त सरकार, एमालेको संसदीय दलको नेता र एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष, २०७२ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माण, संविधानको निर्माणमा राष्ट्रिय सहमति, भारतीय दबाब छेल्दै नेपालको संविधान २०७२ को घोषणा, सुशील कोइरालालाई पराजित गरी प्रधानमन्त्री पदमा बहाली, भारतीय नाकाबन्दीको सामना, चीनसँगको पारवहन सन्धिले ओली नै आधुनिक नेपालको मियो बनेको वास्तविकता घाम जस्तै छर्लङ्ग छ ।
देश सुरुङ युगमा आइपुगेको छ । एमालेले श्रेय पाउने जनप्रिय सुधारको सूची लामो छ । २०७४ देखि २०७८ सालसम्मको ३८ महिना प्रधानमन्त्री हुँदा ओलीले नेपाल र नेपाली जनतालाई लगाएका बिर्सन नसकिने देन र गुन असंख्य छन् । नेपालीका मुर्छित सपना सलबलाएका छन् । पूर्वाधारको विकास, सामाजिक सुरक्षा, सामाजिक न्याय, राष्ट्रियताको जगेर्ना, स्वाभीमानको मेरुदण्ड र देशभक्तिको ओली विरासत आजको नेपालको पहिचान बनेको छ । लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा, नेपाल बनाउन सकिन्छ भन्ने आत्मविश्वास, सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय संकल्प एमालेको उदय र नेपालले लिएको लयका डोबहरु हुन् ।
उपसंहार
राम्रो फूल त फुल्नै नहुने भने झैं नेपाली कांग्रेस कसैको पनि उन्नति र प्रगति देख्न सक्दैन भन्ने सत्यलाई वर्तमान सत्तारुढ गठबन्धनले आत्मसात गर्नु जरुरी छ । इतिहासमा नेपाली कांग्रेसले मदन, मनमोहन, प्रचण्ड, उपेन्द्र, ओली, रवि हरेकको पक्षमा उर्लिएको जनलहरमाथि हमला गरेको छ । जबकि एमाले गृहनिर्माण र मातृभूमिको जीर्णोद्धार गर्न हरेकसँग संवाद र सहकार्य गर्न तत्पर रहेको लामो श्रृंखला छ । जनता सबैखाले शक्तिका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् । नेपालको आफ्नो सिमानाभित्र जनताको सर्वाेच्चता र जनताको शासनको स्थायी राज खोज्नु एमालेको अर्घेल्याइँ होइन, जनताको अदालतमा गरिएको सत्यको वकालत हो ।
दयालजीको श्री स्वस्थानी व्रतकथा