लखनऊसँग चेन्नई ८ विकेटले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । लखनउले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभरमा २ विकेट गुमाएर १८० रन बनायो । लखनऊका लागि कप्तान राहुलले सर्वाधिक ८२ र डि ककले ५४ रन बनाए। निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे।
चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १७६ रन बनाएको थियो। चेन्नईका लागि रविन्द्र जडेजाले अविजित ५७ रन बनाए । महेन्द्रसिंह धोनीले २८, अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रन बनाए ।
लखनऊका कृणाल पाण्ड्याले २ विकेट लिँदा मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १/१ विकेट रह्यो।