बझाङमा नेकपा एसको धरौटी जफत
नेपाल प्रेस
२०८१ वैशाख १७ गते १४:१२
कैलाली । विजयी हुने दाबीसहित बझाङको प्रदेशसभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ ।
बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।
यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ ।
बझाङमा एमाले निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
सिंह नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन्
प्रतिक्रिया
सम्बन्धित खवर