झलनाथ चुनावी कमाण्डर रहेको इलाममा जीतबहादुरले जोगाउन सकेनन् जमानत
नेपाल प्रेस
२०८१ वैशाख १८ गते ५:५६
विराटनगर । इलाममा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले पनि जमानत जोगाउन सकेनन् ।
प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।
राईले ४०८ भोटमात्र ल्याए । इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला हो । यहाँ पार्टीबाट उनै खनाल चुनावी कमाण्डर खटिएका थिए ।
१९ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा १६ जनाको धरौटी जफत भएको छ । रास्वपाका मिलन लिम्बू पनि जमानत जफतको सूचीमा छन् ।
यहाँबाट २७ हजार ७७२ भोट ल्याएर नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए ।
प्रतिक्रिया
2 thoughts on “झलनाथ चुनावी कमाण्डर रहेको इलाममा जीतबहादुरले जोगाउन सकेनन् जमानत”
Leave a Reply
सम्बन्धित खवर
माकुनेलाई झलनाथबाट धोका भो। एसको भोट एमालेमा गयो।
अब पनि समाजवादी भन्दै हिडन त लाज हुनुपर्ने हो । जनताले पटकपटक लात हान्दा पनि नचेत्ने लाई त के भनौं खोइ ? विवेक नभएको प्राणीसँग जोडिदिउँ कि ?