अनिल शाह १५ रनमा आउट, नेपालले गुमायो दोस्रो विकेट
नेपाल प्रेस
२०८१ वैशाख १९ गते १४:४७
काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५१ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।
अनिलकुमार शाह सातौँ ओभरको चौथो बलमा १५ रन जोडेर आउट भए ।
यसअघि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर