आरिफ शेख ३ रन बनाएर आउट, दबाबमा नेपाल
नेपाल प्रेस
२०८१ वैशाख १९ गते १४:५४
काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई तेस्रो विकेट गुमाएको छ ।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको हो । नेपालका आरिफ शेख ५ बलमा ३ रन जोडेर आउट भए ।
आरिफ दशौं ओभरको चौथो बलमा क्याच आउट भएका हुन् ।
यसअघि अनिलकुमार शाह ११ र विनोद भण्डारी १९ रन जोडेर आउट भएका थिए ।
नेपालले ९ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन जोडेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर