बजेट अधिवेशन बोलाउने तयारी, कानूनमन्त्री गिरी भन्छन्- धेरै विधेयक छिट्टै टुंग्याउनुछ – Nepal Press

बजेट अधिवेशन बोलाउने तयारी, कानूनमन्त्री गिरी भन्छन्- धेरै विधेयक छिट्टै टुंग्याउनुछ

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको बजेट अधिवेशन वैशाख २५ वा २६ मा गते बोलाउने तयारी भइरहेको बताए । आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐन संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने गिरीको भनाइ छ । बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने उनको विश्वास छ ।

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि कानूनमन्त्री गिरीले बताएका छन् । यद्यपि छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने उनको भनाइ छ ।

मन्त्री गिरीले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *