क्यानडा जाने विद्यार्थी र अभिभावकले के गर्ने ? दूतावासले जारी गर्‍यो ७ बुँदे जानकारी – Nepal Press

क्यानडा जाने विद्यार्थी र अभिभावकले के गर्ने ? दूतावासले जारी गर्‍यो ७ बुँदे जानकारी

काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि पाँच बुँदे जानकारी प्रस्तुत गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरुले पालना गर्नुपर्ने विभिन्न नियमहरुबारे पनि जानकारी गराएको छ ।

अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरुको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न जानकारीमा भनिएको छ ।

त्यस्तै, दुई वर्षका लागि क्यानडाले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु कटौती गर्ने तथा स्नातक र त्यसभन्दा मुनिको अध्ययन गर्ने विद्यार्थीलाई वर्क पर्मिट नदिने नयाँ नीति ल्याएको उल्लेख गर्दै दूतावासले अध्ययनमा आवश्यक रकमको व्यवस्था गरेर मात्रै विद्यार्थी पठाउन भनेको छ ।

कुनै पनि विषयमा केही बुझ्न परेको खण्डमा गैरआवासीय नेपाली संघ, क्यानडाकै सम्बन्धित कलेज, विश्वविद्यालयको वेबसाइट लगायतबाट आधिकारिक जानकारी लिन पनि दूतावासले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *