बर्दियामा एमालेको नयाँ नेतृत्वको लागि रातिमै सकियो निर्वाचन, बिहानै गणना गरिने – Nepal Press

बर्दियामा एमालेको नयाँ नेतृत्वको लागि रातिमै सकियो निर्वाचन, बिहानै गणना गरिने

रुपन्देही । नेकपा एमाले बर्दियाको नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भएपनि बुधबार रातभर लगाएर मतदान भएको छ । बिहान ६ बजे मात्र मतदान सकिएको हो ।

मंगलबार सुरू भएको १० औं अधिवेशनको बन्द सत्रपछि बुधबार बिहानै १० बजेभित्रै नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको थियो । नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री उपसचिव लहानु थारू, मन्जु शर्माले उम्मेदवारी छन् भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, संगीता थारु मैदानमा गएका हुन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा। हरिप्रसाद भण्डारीले रातभर लगाएर बिहान ६ बजे मतदान सकिएको र बिहानै प्रकृया ूरा गरेर गणना गरिने नेपाल प्रेसलाई बताए । अ

धिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६० जनाले मतदान गरेको उनको भनाई छ । अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *