आजदेखि एमाले पश्चिम नवलपरासीको अधिवेशन – Nepal Press

आजदेखि एमाले पश्चिम नवलपरासीको अधिवेशन

रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार(आज)देखि सुरु हुँदैछ ।

शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै आउने निश्चित भएको जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए।

बिहान ८ बजेको फ्लाइटमा भैरहवा आउने टिकट रहेको र दिउँसो १ बजेसम्म कार्यक्रम सुरु गर्ने उनले बताए ।

४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज बस्याल र श्याम बस्याल आकांक्षी रहेपनि अध्यक्ष अधिकारी र सचिव शर्माबीच नै मुख्य प्रतिस्पर्धा रहेको एमाले नेताहरुको विश्लेषण छ ।

अधिवेशनका लागि एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बलराम अधिकारीसहितका नेताहरु बिहीबार नै जिल्लामा पुगिसकेका छन् ।

पार्टीका अध्यक्ष दिपेन्द्र अधिकारीले आफू पूरै कार्यकाल काम गर्न नपाएको र धेरै पालिका तहबाट पुनः नेतृत्वका लागि आग्रह भएकाले दोहोरिन चाहेको बताए । उनले सकेसम्म सहमतिमै नेतृत्व छनौट हुनेमा आफू आशावादी रहेको बताए । अर्को आकांक्षी धिरज शर्माले आफू सचिव रहेर अनुभव संगालेकाले नेतृत्वका लागि आकांक्षी रहेको बताउँदै पार्टी नेतृत्वको सल्लाहअनुसार नै अगाडि बढ्ने बताए ।

स्थानीय नेताहरुका साथ जिल्लामा अन्य नेताहरुले आकांक्षा राखेपनि अधिकारी र शर्माबीच नै मुख्य प्रतिस्पर्धा रहेको तर सहमतिमा पोखरेल अध्यक्ष भएर शर्मा उपाध्यक्ष भएर मिल्न पनि सक्ने अवस्था रहेको विश्लेषण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर