अटोमेटिक विदेशी लगानी स्वीकृत हुने प्रणाली सञ्चालनमा – Nepal Press

अटोमेटिक विदेशी लगानी स्वीकृत हुने प्रणाली सञ्चालनमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वचालित मार्गबाट (अटोमेटिक रुट) लगानी स्वीकृत हुने गरी सञ्चालनमा ल्याइएको छ ।

उद्योग विभागले तयार गरेको विद्युतीय प्रणालीको उद्घाटन गर्दै उक्त प्रणाली कार्यान्वयनमा आएको हो ।

स्वचालित मार्गबाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने गरी शत प्रतिशत सेयर स्वामित्व तथा संयुक्त लगानीका नयाँ कम्पनी वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेका भएका विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको पुँजी वृद्धि गर्नका लागि स्वचालित माध्यम मार्फत निवेदन दिई स्वीकृत प्राप्त गर्न सक्नेछन् ।

सूचना प्रविधिमा आधारित उद्योगहरूको स्वचालित मार्गबाट लगानी गर्दा लगानीको न्यूनतम सीमा लागु हुनेछैन ।

स्वचालित मार्गबाट लगानी स्वीकृत गर्न चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणाली (www.imis.doind.gov.np) मा लगइन गरी माग गरे बमोजिमको विवरण तथा कागजात अपलोड गर्नुपर्नेछ ।

विद्युतीय प्रणालीमा त्यस्तो कागजात राखेपछि त्यस्तो लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीमा पेश गर्नुभन्दा अघि ठिक छ वा छैन भनी जाँचबुझ गर्नुपर्छ र अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्छ । सो सँगै इमेलमा आवेदन नं। सहित लगानी स्वीकृत भएको जानकारी दिइन्छ ।

विदेशी लगानी स्वीकृतको जानकारी दिएपछि ऐन नियमबमोजिम नै लगानी स्वीकृत भएको मानिनेछ । तेस्रो लगानी सम्मेलनका लागि विद्युतीय प्रणाली तयार पारिएको थियो । अहिले सो प्रणाली कार्यान्वयनमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *