समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त – Nepal Press

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अध्यक्ष काशीराज दाहाल थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा यो समितिलाई छ ।

नेपालमा विभिन्न प्रकृतिका ३० हजार भन्दा बढी सहकारी संस्थाहरू सञ्चालित छन् । ती मध्ये करिब आधा बचत तथा ऋणको कारोबार गर्ने वित्तीय प्रकृतिका सहकारी संस्थाहरू सञ्चालित छन्। हालसम्म २० वटा सहकारी समस्याग्रस्त घोषणा भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *