जगन्नाथ खतिवडा भन्छन्- पत्रकारहरूको निष्पक्षतामाथि मलाई शंका छ – Nepal Press

जगन्नाथ खतिवडा भन्छन्- पत्रकारहरूको निष्पक्षतामाथि मलाई शंका छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पत्रकारहरूको निष्पक्षतामाथि शंका रहेकाले त्यसमा मेटाउनतिर लाग्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै पत्रकार महासंघको शुद्धीकरण अभियानमा पनि प्रश्न उठाए ।

उनले भने- यहाँहरू आफैँले हामीभित्र शुद्धता मात्रै छैन, मिसावट छ, अशुद्धता छ, त्यसका लागि हामीले शुद्धीकरण अभियान चलाउनुपर्नेछ । भनेर पटक पटक भनेको सुनेको छु । त्यसैले अशुद्ध पत्रकार मित्रहरू कृपया शुद्ध कसरी बनाउने ? भन्ने आजको जिज्ञासा छ । यो देशको राजनीति, अर्थतन्त्र शुद्ध भए पत्रकारिता पनि शुद्ध हुन्छ ।

उनले सरकारलाई देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मूल नीति के हो ? भन्दै प्रश्न गरे ।

उनले भने- मैले यो कुरा प्रधानमन्त्रीलाई सुनाउन चाहन्थे, उहाँ गइसक्नुभएको छ, उहाँको प्रतिनिधि मन्त्री यही हुनुहुन्छ म उहाँलाई सुनाउन चाहन्छु, हाम्रो देशको सञ्चार क्षेत्रलाई विकास गर्ने हाम्रो मूल नीति के हो, स्वतन्त्र पत्रकारिता त सबैले भन्ने विषय हो। तर, मेरो देशको सिद्धान्त चाहिँ समाजवादभित्र आरोपित हुनुपर्नेछ। त्यो समाजवादी सञ्चार जगत् चाहिँ कस्तो हुन्छ ? त्यसको संरक्षणको नीति कस्तो हुन्छ ?


प्रतिक्रिया

One thought on “जगन्नाथ खतिवडा भन्छन्- पत्रकारहरूको निष्पक्षतामाथि मलाई शंका छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर