कपिलको ‘द ग्रेट इन्डियन कमेडी शो’ फ्लप, दुई महिनामै बन्द हुँदै – Nepal Press

कपिलको ‘द ग्रेट इन्डियन कमेडी शो’ फ्लप, दुई महिनामै बन्द हुँदै

नयाँ दिल्ली । नेटफ्लिक्सले भारतीय कमेडियन कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ बन्द गर्ने निर्णय गरेको छ ।

भारतीय सञ्चारमाध्यमको पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने पाँचौँ एपिसोडपछि नेटफ्लिक्सले शो बन्द गर्ने निर्णय गरेको हो।

भर्खरै नेटफिक्समा प्रसारण हुन लागेको शो बन्द हुने भएपछि यति बेला दर्शक चकित परेका छन्। सुरु भएको २ महिनामै कपिल शर्माको शो बन्द हुन लागेको हो ।

ओटीटी स्रोतका अनुसार शोको अन्तिम एपिसोड छायांकन भइसकेको छ। अन्तिम एपिसोड छायांकन पश्चात् शोको सेट हटाउने काम सुरु भएको हो। पहिलो एपिसोड प्रसारण भएको पाँच हप्ताभित्र शो अन्त्य गर्ने निर्णय गरेको विवरणमा उल्लेख छ ।

‘शो’ को एउटा एपिसोडका लागि कपिलले करिब ५ करोड भारु लिएको बताइएको छ । यो शोको लागि ठुलो रकम खर्च गरेको भए पनि दर्शकहरूमाझ राम्रो छाप छाड्न नसकेपछि शो बन्द गर्न लागिएको हो । कलाकारहरूलाई दिइएको पारिश्रमिकका कारण पनि शो विवादित बनेको थियो ।

शोमा सबैभन्दा बढी प्रशंसा पाएका अभिनेता सुनिल ग्रोवरले प्रति एपिसोड २५ लाख मात्रै पाएका छन् भने सोफामा बसेर हाँस्ने मात्र काम रहेकी अर्चना पूरन सिंहलाई प्रति एपिसोड १० लाख भारु दिइएको खुलासा गरिएको छ । जन खुलासाले नेटफ्लिक्समा हङ्गामा मच्चाएको थियो।

कपिलको ‘द ग्रेट इन्डियन कमेडी शो’ यहीँ २०२४ को मार्च ३० बाट नेट्फिलक्समा स्ट्रिम हुन सुरु भएको थियो । शो को १३ ओटा एपिसोडको छायाङ्कन पूरा भइसकेको छ भने शोको अन्तिम एपिसोडको छांयाकन मे १ मा भएको थियो । अहिलेसम्म शो को पाँच ओटा एपिसोड प्रसारण भइसकेको छ । र ८ ओटा एपिसोड आउनै बाँकी छ ।

शो का एक कमेडियन किकू शारदाले भने शो छिट्टै बन्द हुन लागेको कुरामा प्रतिक्रिया दिएका छन् । शो केही समयका लागि मात्रै बन्द हुन लागेको र यो टेम्पोररी र्‍याप अप भएको उनको भनाइ छ। शो को सेकेन्ड सिजन छिट्टै आउने बताइएको छ ।

आफूहरूले आगामी सिजन प्लान पनि गरिसकेको उनले बताए । नयाँ र पुरानो सिजनबिच धेरै समय अन्तर नहुने उनले बताएका छन्।

शो बन्द हुने खबरसँगै अहिले कपिल शर्मा कलर्स टिभीको अन्ताक्षरी कार्यक्रमको होस्ट बन्ने तयारीमा छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर