सुदूरपश्चिममा विश्वासको मत लिने तयारी स्थगित, भोलि फेरि बैठक बस्ने
नेपाल प्रेस
२०८१ वैशाख २१ गते १६:३७
कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले विश्वासको मत लिने तयारी आजलाई स्थगित भएको छ ।
आज ५ बजे विश्वासको मत लिने गरी प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर एमालेले आवश्यक तयारी नभएको भन्दै आज विश्वासको मत नदिने बताएको थियो ।
एमालेले आज विश्वासको मत नदिने बताएपछि आजको लागी आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित गरिएको छ ।
भोलि साँझ ५:५० बजे अर्को बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए
प्रतिक्रिया
One thought on “सुदूरपश्चिममा विश्वासको मत लिने तयारी स्थगित, भोलि फेरि बैठक बस्ने”
Leave a Reply
सम्बन्धित खवर
चार सिटेको कत्रो चुरिफुरी !