जनकपुरमा सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख
नेपाल प्रेस
२०८१ वैशाख २४ गते १३:४९
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैया लुटेर भागेका हुन् ।
रकम लुटिएकोबारे एक प्रत्यक्षदर्शी बृद्वले भने, ‘मोटरसाइकलमा तीन जना थियो । एक जनाले महतोको मोटरसाइकल रोकेर चावी खोस्यो । अनी पैसा लुटेर भाग्यो ।’
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले रकम लुटेर भागेको र अहिले उपलब्धि प्राप्त नभएको बताए । उनले लुटेराको खोजी भइरहेको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर