दुई वर्षको परीक्षणपछि नेपालमा दर्ता भयो इन्ड्राइभ
नेपाल प्रेस
२०८१ वैशाख २४ गते १५:१५
काठमाडौं । दुई वर्ष टेस्ट ड्राइभ गरेपछि नेपालमा औपचारिक रुपमा इन्ड्राइभले सेवा शुरु गरेको छ ।
सोमबार कम्पनीले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपालमा दर्ता गराएर औपचारिक रुपमा सेवा सुरु गरेको घोषणा गरेको हो । कम्पनीले औपचारिक रुपमा सेवा सुरु गरेको घोषणासँगै हरेक राइडमा १० प्रतिशत कमिसन लिने बताएको छ ।
कार्यक्रममा आजदेखि इन्ड्राइभको रहेक राइडमा १० प्रतिशत कमिसन लिइने नेपालका लागि कम्पनीकी निर्देशक रीता पोखरेलले बताइन् ।
इन्ड्राइभले काठमाडौंको हात्तीसारमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर