जहाजभित्रको अत्यासः जब शान्ति श्रीलाई मृत्युनजिक पुगेको आभास भयो
‘हुने कुरालाई कसैले छेक्न सक्दैन । लेखेको कुरा कसैले मेट्न सक्दैन । बाँच्न लेखेको थियो त्यसैले बाँचे ।’
यो अहिलेकी लोकप्रिय गायिका शान्तीश्री परियारको भनाइ हो ।
सोमबार भैरहवा र तिलोत्तमाको बीचमा अवस्थित कान्छी बजारमा भईरहेको मेलामा आफ्नो सांगीतिक प्रस्तुति दिन गायिका शान्ती श्री परियार काठडौंबाट प्लेन चढिन् । उनलाई सोही कार्यक्रमका आयोजकले साँझ ५ बजेको यति एयरलाइन्सको टिकट काटिदिएका थिए ।
काठमाडौंबाट भैरहवा हिँडेकी शान्तीश्री टिकटअनुसार ५ बजे एयरपोर्ट पुगिन् तर फ्लाइट डिले भयो । ५ बजे उड्ने भनेको प्लेन झण्डै सवा ७ मा उड्यो । साँझको समय थियो, मौसम खराब भएको भए सायद फ्लाइट क्यान्सिल हुन्थ्यो होला तर उड्ने बेलासम्म मौसम राम्रो भएकाले प्लेन उड्यो । प्लेनमा यात्रुहरू भरिभराउ थिए । भैरहवा पुग्नु अघिसम्म पनि यात्रा राम्रै भइरहेको थियो ।
एयरहोस्टेसले ‘अब हामी भैरहवामा ल्यान्ड गर्दैछौ’ भन्ने अनाउन्स गरेपछि भने प्लेनमा एक्कासी हलचल भयो । प्लेन नराम्रोसँग हल्लिन थाल्यो । सुरूमा सबैलाई यो सामान्य नै हो भन्ने लाग्यो । शान्तीले पनि यसलाई खासै ठूलो रूपमा लिईनन् किनकी पहिलाका थुप्र्र यात्राहरूमा पनि उनले कहिलेकाहीँ प्लेनको यस्तो हल्लाईहरू महशुस गरेकी थिईन् ।
तर, त्यसपछि के के भयो ? आखिर कि शान्तीश्रीले बाँच्ने आशा २५ प्रतिशत मात्रै बाँकी थियो भनेर फेसबुकमा लेखिन् ? पढ्नुस् उनकै शब्दमा :
सुरूदेखि नै प्लेन अलिअलि हल्लिरहेको थियो । हावाहुरीले होला भन्ने सोचेर यसलाई ईग्नोर नै गरेँ । एक्कासी मेरो सिटदेखि पल्लोपट्टि बसेको एक जना लेडिज रुन थालिन् । उनी रोएको देखेर आफू छेउमा बसेको दाइलाई बोलाएर उनलाई सम्झाउन लगाएँ । तर, प्लेन हल्लिन नछोड्दा उनी रोई नै रहिन् ।
अस्ति त्यस्तो भएपछि फोन गरेर मेरो ममी एकदमै रुनुभयो । परिवारका धेरैजनाले फोन गरेर रुनुभयो । मेरो श्रीमान् भोलिपल्टसम्म पनि केही गर्ने जाँगर छैन भनेर निरास भएर बसिरहनु भएको थियो । मैले जसोतसो सम्झाएँ । प्लेनबाट झरेर मैले मेरो श्रीमान्लाई कल गरेको केही मिनेटमा उहाँले स्टाटस हाल्नुभएको थियो ।
प्लेन लगातार हल्लिन थालेपछि भने म आफैंलाई डर लाग्न थाल्यो । यसअघि कहिल्यै यस्तो महसुस भएको थिएन । दोस्रोपटक प्लेन बेस्सरी हल्लिएपछि भने सबै यात्रु कराउन थाले । कोही कोही आमा-बुवाको नाम लिएर डाँको छोडिरहेका थिए । प्लेन ल्यान्ड हुने क्रममा थियो । तर, ल्यान्ड हुन लागेको प्लेन एक्कासी फेरि उचालिएर माथितिरै उड्यो । प्लेन पुन उडेपछि एयरहोस्टेसले मौसमका कारण भैरहवामा ल्यान्ड गर्न नसकिएकाले काठ्माडौंमा ल्यान्ड गर्छौं भनेर अनाउन्स गरिन् । यस विषयमा कसैले गुनासो गरेनन् किनकी सबैजना अगाडिको हल्लाईले नै आत्तिइसकेका थिए । कमसेकम बाँच्ने त भइयो भन्ने आसले सबै मौन भए ।
म झ्यालको सीटमा बसेको थिएँ । घरीघरी बाहिर हेर्थेँ । बाहिरको दृष्य एकदमै डरलाग्दो देखिइरहेको थियो । कालो बादलसहित पुरै बिजुली चम्किरहेको थियो । काठमाडौंमा ल्यान्ड हुन्छ भनेर ढुक्क भएर बसिरहेको बेलामा प्लेन फेरि जोडले हल्लिन थाल्यौ । २-३ मिटरको दूरीमा त झन् जम्प गरेजस्तो गरेर उफ्रिन थालेपछि मलाई जिन्दगीले नै साथ छाड्न लागेजस्तो महसुस भयो । ‘अब जिन्दगी सकियो’ भन्ने भयो ।
मैले ३ चोटिसम्म आफ्नो छोरीलाई सम्झेर बेबी, बेबी, बेबी भन्दै चिच्याएको याद छ । म त पूरै काम्न थालेँ । मेरो शरीर आफ्नै कन्ट्रोलमा थिएन । नराम्रोसँग हल्लिदा-हल्लिदै प्लेन फेरि माथि उड्यो । यो पटक त प्लेन नर्मल हाइटभन्दा पनि माथि पुग्यो । काठमाडौंका घर र लाइटहरू देखिएको अवस्थाबाट एकाएक फेरि अन्धकार व्याप्त भयो ।
मलाई प्लेन अब कहाँ ल्यान्ड हुन्छ भन्ने भन्दा पनि उड्दा उड्दै फ्युल सकिने रहेछ भन्ने अर्को त्रास थपियो । सबैजना अब जीवनको अन्तिम दिन हो भनेजस्तै गरी चिच्याउँदै रुँदै हुनुहुन्थ्यो । एकजना एयरहोस्टेस एकदमै नर्भस भएर आफ्नो सेफ्टी सीटमा बसिरहनु भएको थियो । अर्को एयरहोस्टेस त बिचरा अनाउन्स गर्नुपर्ने भएकाले सीटमा समेत आएर बस्न पाइरहनु भएको थिएन ।
धरैबेर हल्लिएपछि प्लेनबाट फेरि अर्को अनाउन्समेन्ट आयो- ‘हामी जनकपुरको एयरपोर्टमा ल्यान्ड गर्छौं । तपाईँहरू नआत्तिइकन आफ्नो सीटमा सीट बेल्ट बाँधेर बस्नुहोला । अनाउन्समेन्ट सुनेपछि अब चाहीँ बाचिन्छ कि भन्ने लाग्यो । अन्तत: लामो यात्रा र नराम्रो हल्लाईपछि प्लेन जनकपुरमा ल्यान्ड भयो । भैरहवा कार्यक्रम गर्न हिँडेकी म जनकपुर पुगेर ओर्लिएँ । मौसमका कारण त्यो दिन प्लेन उड्न असम्भव भयो जसका कारण सबै जनकपुरमै बस्नुपर्ने भयो ।
प्लेन ल्यान्ड भएपछि सबैलाई बाहिर निकालियो । सबैजना निस्किए तर मलाई भने बाहिर निस्किन मन लागेन । प्लेनको क्याप्टेनसँग भेटेर धन्यवाद दिन मन थियो । ‘मरिसक्यौं भन्ने भाव आइसकेका हामीलाई उहाँले अर्को जीवन दिनुभएको थियो । त्यसैले उहाँलाई धन्यवाद नदिई जान मन लागेन ।
प्लेनबाट ननिस्की म पाइलटको बारेमा सोध्न गएँ । सोध्दा थाहा भयो, पाइलटको नाम लविस चन्द रहेछ । पाइलट त म निस्किनुअघि नै तल झरिसक्नुभएको रहेछ । तल झरेर मैलेले ग्राउन्ड स्टाफसँग सोधेँ । स्टाफहरूले पाइलट उहाँ हुनुहुन्छ भनेर देखाइदिएपछि केही नसोची गएर उहाँलाई हग गरेँ । रिक्वेस्ट पनि नगरी गएर भगवान् सम्झेर अँगालो हालकी थिएँ । मलाई रुन आयो । म त्यहीँ रोएँ । बाँच्छौ भन्ने आश मरिसकेको हामीलाई तपाईँले बचाउनुभयो भनेर उहाँलाई धन्यवाद दिएँ । त्यत्रो घटना घट्दा पनि उहाँको ओठमा मुस्कान थियो । मन्द मुस्कानमा उहाँले यो त हाम्रो जिम्मेवारी हो, ठीकै छ भन्नुभयो ।
प्लेनबाट झरेपछि पनि मेरो शरीर कामिरहेको थियो । श्रीमान्लाई त्यहीँबाट फोन गरेर छोरीलाई बोल्न दिन भनेँ । क्याप्टेनलाई देखेपछि भने मलाई एक्कासी रुन आएको थियो । म रोएको देखेपछि उहाँ पनि अलिकति नर्भस हुनुभयो । मैले क्याप्टेनसँग तस्बिर खिच्न अनुरोध गरेँ । उहाँले अनुमति दिएपछि तस्बिर खिचेँ । त्यही तस्बिर आफ्नो सामाजिक सञ्जालमा पोष्ट्याएको हुँ । यो फोटो शेयर गरेर धेरै मिडियाले समाचार बनाउनुभएको छ ।
मेरो त्यो दिनको कार्यकम रोकियो । आयोजकले कार्यक्रमअघि नै एड्भान्स समेत हाल्दिनुभएको थियो । त्यो दिनको मात्र नभएर कार्यक्रमपछि म जानुपर्ने ठाउँको टिकटसमेत काटिदिनुभएको थियो । त्यहाँ जान नसक्दा अलिकति नराम्रो लागेको छ । तर के गर्नु, म आफ्नै समस्यामा थिएँ । मैले उहाँलाई कल गरेँ । उहाँहरू एकदमै बुझ्ने हुनुहुन्थ्यो । उहाँहरूले हामीले थाहा पायौँ, तपाईँ कतिखेर सुरक्षितसाथ ल्यान्ड गर्नुहुन्छ भनेर बसेका थियौँ भन्नुभयो ।
जहाज त हप्तैपिच्छेजस्तो चढ्नु परिरहेको हुन्छ, तर यो भन्दा पहिले म यस्तो घटनामा कहिल्यै परेकी थिइनँ । कहिलेकाँही प्लेन हल्लिनु सामान्य नै हो । तर, अस्ति त हामी मृत्युको मुखबाट फर्केका हौं । म त यसलाई दोस्रो जीवन नै भन्छु । आफ्नो मृत्यु आफ्नै मुख नजिकै देख्दा दिमागमा केही आउँदो रहेनछ । त्यो समय सबैभन्दा प्यारो नै आफैं लाग्दो रहेछ । अब त म मर्दैछु भन्ने मात्र लाग्दो रहेछ । तर, बेबी, बेबी भनेर कराएको चाहीँ मलाई अहिले पनि याद आउँछ ।
हुने कुरालाई कसैले छेक्न सक्दैन । लेखेको कुरा कसैले मेट्न सक्दैन । बाँच्न लेखेको थियो होला त्यसैले बाँचियो । मनमा त्रास त अब अवश्य हुन्छ तर म चढ्नै पर्छ । अहिले आँखा बन्द गर्दा र एक्लै हुँदा त म त्यो पल सम्झेर आत्तिन्छु भने प्लेन चढ्दा केही समय गाह्रै होला । तर, त्यही कुराहरूलाई सम्झेर म कार्यक्रम नै नगरी बस्न पनि मिलेन । त्यसैले म फेरि प्लेन त चढ्नै छ ।
ल्यान्ड भएपछि छोरीको चाहीँ झनै बेस्सरी याद आयो । छोरी सानै छ । हुन त मलाई केही भईहालेको भए पनि मेरो श्रीमानले मेरो छोरीलाई कहिल्यै केही कुरामा कमी गर्नुहुन्न थियो । त्यो मलाइ थाहा छ तर उसलाई आमाको कमी भने पक्कै महसुस हुन्थ्यो भन्ने लाग्यो । यत्रो भएकी छोरी गुमाउँदा त्यो बुढाबुढी भएका मेरा बाउआमामा के बित्थ्यो होला भनेर पछि चाहीँ सोच आयो । झन् रुन मन लाग्यो ।
त्यो रात हामी सबै जनकपुरमै थियौ । मैले होटल लिएर बसेँ । तर, रात कटाउन भने साह्रै मुस्किल पर्यो । रातभरी कराउने र झस्किने मात्र भइरहेको थियो । एक निन्द्रा नसुती भोलिपल्ट म नुहाइ धुहाइ गरेर होटलबाट निस्किएँ । कार्यक्रममा जान एउटा गाडी मगाएँ र त्यसमै एक घण्टा जति सुतेँ । गाडीमा पनि घरीघरी झस्केको देखेर गाडीको दाईले समेत तपाईंलाई साह्रै गाह्रो भएको रहेछ भन्दै हुनुहुन्थ्यो ।
अस्ति त्यस्तो भएपछि फोन गरेर मेरो ममी एकदमै रुनुभयो । परिवारका धेरैजनाले फोन गरेर रुनुभयो । मेरो श्रीमान् भोलिपल्टसम्म पनि केही गर्ने जाँगर छैन भनेर निरास भएर बसिरहनु भएको थियो । मैले जसोतसो सम्झाएँ । प्लेनबाट झरेर मैले मेरो श्रीमान्लाई कल गरेको केही मिनेटमा उहाँले स्टाटस हाल्नुभएको थियो । उहाँले ‘तिमी कति आत्तियौ होला, डरायौ होला, कहाँ पुग्नुपर्ने मान्छे कहाँ पुग्यौ’ भनेर यस्तै अलि नबुझ्ने पारामा स्टाट्स हाल्नु भएको थियो । उहाँको अस्पष्ट स्टाटले गर्दा होला मलाई धेरैले फोन गर्न थाल्नुभयो । धेरै नै फोन आएपछि मैले उहाँलाई स्टाटस हटाउन लगाएँ ।
अस्तिको घटनाले मनमा डर त पसेको छ, तर के गर्नु प्लेनमा नहिँडी पनि हुँदैन । महिनाको ३० दिनमा २० दिन त म प्लेनमै हिँड्नुपर्छ । लगातार टाढाको बाटोमा कार्यक्रम पर्छ । लामो बाटो एकै दिन गाडीमा हिँडेर पुग्न सम्भव हुँदैन । पहिला पोखराको प्लेन क्र्यास हुँदा पनि त्यो भन्दा अगाडीको प्लेनमा म थिएँ । उक्त घटनापछि मलाई घरबाट कल गरेर भोली तिमी प्लेनमा नआउ, गाडीमा आउ भन्नुभयो, जुन सम्भव नै थिएन । मेरो लगातार कार्यक्रम थियो ।
हुने कुरालाई कसैले छेक्न सक्दैन । लेखेको कुरा कसैले मेट्न सक्दैन । बाँच्न लेखेको थियो होला त्यसैले बाँचियो । मनमा त्रास त अब अवश्य हुन्छ तर म चढ्नै पर्छ । अहिले आँखा बन्द गर्दा र एक्लै हुँदा त म त्यो पल सम्झेर आत्तिन्छु भने प्लेन चढ्दा केही समय गाह्रै होला । तर, त्यही कुराहरूलाई सम्झेर म कार्यक्रम नै नगरी बस्न पनि मिलेन । त्यसैले म फेरि प्लेन त चढ्नै छ ।