विवादित अभिव्यक्तिपछि राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिने भएका छन् । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।
सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग् सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट हुन नसकेको स्रोतले बतायो ।
नेपालले आफ्नो भनाइलाई गलत आशयका साथ प्रकाशन गरिएको भन्दै प्रष्टीकरण दिएका थिए ।
देश सञ्चारलाई गत २३ वैशाखमा दिएो अन्तरवार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्इताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’
यसैगरि, २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका छन् ।
आजै सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
ओलीको अभिव्यक्ति आएपछि नेपालले राष्ट्रपति सचिवालयमा फोन गरेर आफ्नो राजीनामा तयार पार्न भनेका हुन् ।
यष्ता दलाली लंगड लाई केको राजिनामा घोक्रेठ्याक लगायर निकाल्नुप्रछ आफ्नो राष्ट्रको कुराछाडेर भारतको गणगान्गाउने दलालि ।
‘कुत्तेका दाना’ खानेहरुले बेलामा स्वामिभक्तिमा भुकेनन् भने स्वामिले दाना मात्र बन्द गर्दैन चाबुक पनि लगाउँदो हो। एक दुईले दानाको सोझो गर्दै असलिएत देखाएर नेपालीजनलाई गुन लगाए कि खासमा यि को हुन? नुनको सोझो गरे, भुके, अब पुच्छर टाँगमुनी गरी गल्लीमा बिलुप्त हुन्छन्, झारा तिरिसके, अब तिनले भुक्दैनन् । दौरा-सुरुवाल-टोपीमा सजिएर मुलुकहित बिपरित परत्रीको दानाको हस्को डकार्नेहरुको हर्कत देख्दा कहिलेकाहिं त दौरासुरुवाल प्रति नै बितृष्णा जागेर आउँछ!