गृहमन्त्रीविरुद्ध आक्रमक बन्यो कांग्रेस, फेरि गर्याे नाराबाजी र रोष्ट्रम घेराउ
नेपाल प्रेस
२०८१ वैशाख २८ गते १७:५२
काठमाडौं । १५ मिनेटका लागि स्थगित भएर फेरि सुरु भएको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसले अवरोध गरेको छ ।
नाराबाजीसहित रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको हो ।
सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर नाराबाजी गरिरहेको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ । तर, सरकार समितिको पक्षमा छैन ।
प्रतिक्रिया