बाँकेको राप्तीसोनारीमा दुई दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेन – Nepal Press

बाँकेको राप्तीसोनारीमा दुई दिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेन

रूपन्देही । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं १ खोकरी कुसुममा दुई दिनदेखि फैलिएको झाडा रपखाला नियन्त्रणमा आएको छैन । अहिलेसम्म करिब ३ दर्जन बिरामी परेका छन् । सो गाउँका गाउँका २९ जना बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।

कुसुम स्वास्थ्य चौकी इञ्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।

झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई आवश्यक तयारी गर्न रफथप मद्दत परे तत्काल खबर गर्न निर्देशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर