संसदको समय सभामुखको निगाहमै हुने हो: सूर्य थापा
काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले संसदमा सभामुखकै निगाहमा समय चयन हुने बताए ।
रिपोर्टस् क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले सदनमा तीन मिनेटको समय हुने र त्यो समयभन्दा धेरै बोल्न सभामुखको निगाह नै हुने बताए ।
गगन थापाले निगाहले होइन, अधिकारले समय चाहियो भनेको कुराको पत्रकारको प्रश्नमा थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
रवि लामिछानेको मुद्दामा पनि थापा मुखर भए । उनले रवि लामिछानेले संसदमा आफ्ना कुरा राख्न पाउनुपर्नेसमेत बताए ।
नागरिकताको विषयमा पनि राज्यले छानबिन गरेको भन्दै सांसद थापाले सहकारीमा झूट तथ्यका आधारमा रवि लामिछानेमाथि छानबिन नहुने जिकिर गरे ।
एमालेले जनार्दन शर्माको सवालमा छानबिन गर्न माग गरेको तर अहिले रविको बारेमा कांग्रेसको त्यस्तै मागमा किन फरक मतभन्दा थापाले थपे, ‘विश्वप्रकाश शर्मालाई सोध्नु न प्रतिपक्षीले भन्दैमा छानबिन हुन्छ भन्या होइन । प्रतिपक्षमा हुँदा एउटा मानक र सत्तामा हुँदा अर्को मानक हुन्न ।’