एमाले रुकुम पूर्व-दाङ सम्पर्क मन्चको अध्यक्षमा राजिमान बुढा निर्वाचित
रूपन्देही । नेकपा एमाले रुकुम पूर्व-दाङ सम्पर्क मन्चको प्रथम भेलाबाट अध्यक्षमा राजिमान बुढा निर्वाचित भएका छन् । शनिबार मन्चको प्रथम भेला दाङको घोराहीमा सम्पन्न भएको हो ।
सम्पन्न सो भेलाबाट सर्वसम्मत रुपमा सर्वसम्मत राजिमान बुढा अध्यक्ष पदमा निर्वाचित भए भने उपाध्यक्ष तेजकुमार खड्का त्यस्तै सचिवमा राजन घर्ती मगर, सचिवमा सुनिल गौतम र रिमा रोका मगर चुनिनुएका छन्। भेलाले १५ सदस्यीय सम्पर्क मञ्च चयन गरेको छ ।
भेलामा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र नेकपा एमाले रुकुम पुर्व जिल्ला कमिटी अध्यक्ष लिलामणि गौतम, पश्चिम अध्यक्ष नन्दराम देबकोटा ले सम्बोधन गरेका थिए। रुकुम पुर्व जिल्ला कमिटी सदस्य सुसनध्वज पौडेलको अध्यक्षता तथा अनेरास्ववियुका राजन घर्ती मगरको स्वागत तथा प्रेम प्रकाश ओलीको संचालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा रुकुमपूर्व जिल्ला अध्यक्ष लिलामणि गौतमले रुकुम पुर्व जन्मथलो भई पेशा व्यवसाय र कार्य जिम्मेवारीका कारण जिल्ला वाहिर कर्मथलो भएका पार्टी समर्थक र शुभचिन्तकलाई संगठित गर्दै यस्तो संगठनले रुकुम पुर्वको पार्टी विस्तारमा कोशेढुंगा सावित हुने बताए ।