साउदी प्रो लिग च्याम्पियन बन्यो अल हिलाल – Nepal Press

साउदी प्रो लिग च्याम्पियन बन्यो अल हिलाल

काठमाडौं । यो सिजनको साउदी प्रो लिग च्याम्पियन अल हिलान बनेको छ ।

गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि पक्का गरेको हो ।

१९ औँ लिग उपाधि जित्ने क्रममा अल हिलालले तीन खेल अगाबै अल हाजमलाई पराजित गर्दै यो सिजनको च्याम्पियन ट्रफी पक्का गरेको हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथो सेर्गेज मिलिन्कोभिकले एक गोल गरे ।

उसले एक गोल भने आत्मघाती गोल उपहार थियो । अल हाजमका फैज सेलेमानीले एक गोल फर्काए । साउदी प्रो लिगमा विजेता अल हिलालले यो सिजन ब्राजिलका चर्चित स्टार खेलाडी नेइमारलाई भित्राएको थियो ।

दोश्रो स्थानमा रहेको अल नासारले पनि पोर्चुगिज स्टार रोनाल्डोलाई टिममा भित्राएको थियो । यहि कारणपनि यो सिजनको साउदी प्रो लिगलाइ विश्वभरका फुटबल फ्यानहरुले चासोको साथमा हेरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर