कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले सोमबार अधिवेशन आव्हान गरेका छन् ।
विश्वासको मत लिने सम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । संविधानको धारा १६८ (५) अनुसार कार्की शुक्रबारै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावले निर्देश गरेबमोजिम विश्वासको मत नलिएपछि एमाले-माओवादीको मागदाबी बमोजिम प्रदेश प्रमुखले नयाँ सरकार गठन गरेका थिए । हिक्मतको नियुक्तिविरुद्ध केदार कार्की सर्वोच्च गएका छन् ।
अन्तरिम आदेश नदिएको अदालतले पूर्ण सुनुवाइको लागि जेठ ९ गते पेशी तोकेको छ ।