सभामुख-सचेतकको छलफल निष्कर्षविहीन (भिडिओ) – Nepal Press

सभामुख-सचेतकको छलफल निष्कर्षविहीन (भिडिओ)

काठमाडौं । सदनको गतिरोध खुलाउनेलगायतको विषयमा सभामुख-प्रमुख सचेतक र सचेतकबीचको छलफल विनानिष्कर्ष टुंगिएको छैन ।

सभामुख देवराज घिमिरेले मंगलबार संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्‍याएको बताए ।

उनले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने जिकिर गरे ।

‘सरकारले कसरी डिल गर्छ त्यसमा भर पर्छ । हामीले संसदीय समिति छानबिनको अडान सभामुखसमक्ष पनि दोहोर्‍याएका छौं । प्रधानमन्त्रीले कुन मार्गबाट निकास दिनुहुन्छ । त्यो उहाँको काम हो’, उनले भने ।

सत्तारुढ घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत् नभएको जिकिर गरे ।

‘नेपाली कांग्रेसले समितिको नाममा सरकार माग गरेको हो । त्यो सम्भव छैन । नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन ।’

सहकारी ठगीमा संलग्नलाई कारबाही र बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर