सिटी होटलको खुद नोक्सानी १५ करोड बढी
काठमाडौं । सिटी होटल लिमिटेड चालूआर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ३७ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ ।
गत वर्षको यस अवधिसम्म २१ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सान घटाएको छ ।
यस वर्ष कम्पनीको कुल आम्दानी करिब २३ प्रतिशत बढेको छ भने कुल खर्च पनि करिब १८ प्रतिशत बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ ।
अदर इक्वीटी भने ९ करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । वार्षिक १२ रुपैयाँ २४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९४ रुपैयाँ ३६ पैसा छ ।
९ महिनामा कम्पनीले ४२ करोड ७ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेका छ भने २८ करोड २२ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । कम्पनीको वित्तीय खर्च भने यस वर्ष ३ प्रतिशतभन्दा बढीले घटेको छ ।