कोशी प्रदेशसभा कांग्रेसद्वारा बहिष्कार, विश्वास मत प्रक्रियामा सहभागी नहुने – Nepal Press

कोशी प्रदेशसभा कांग्रेसद्वारा बहिष्कार, विश्वास मत प्रक्रियामा सहभागी नहुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको उपस्थितिमा बसेको काङ्ग्रेस संसदीय दल कोशीको बैठक प्रक्रियामा सहभागी नहुने गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरुका बिचमा विवाद भएपछि केन्द्रीय नेताको उपस्थितिमा बैठक भएको हो ।

आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत दिने कार्यसूची रहेको छ । विश्वासको मत दिने की ? बहिष्कार गर्ने की अवरुद्ध गर्ने भन्ने विषयमा विवाद रहेको थियो ।

विवाद हुँदा काङ्ग्रेसका प्रदेश सभा सदस्य प्रक्रियामा सहभागी भएका छैनन् ।

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वानका विषयमा परेको रिट विचाराधीन रहेकाले विश्वासको मत लिने प्रक्रियामा कांग्रेस सहभागी नभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर