पश्चिम सेतीबाट उत्पादित ७५० मेगावाट विद्युत भारत लैजान प्रशारणलाइन प्रयोगमा भयो सम्झौता – Nepal Press

पश्चिम सेतीबाट उत्पादित ७५० मेगावाट विद्युत भारत लैजान प्रशारणलाइन प्रयोगमा भयो सम्झौता

काठमाडौं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ ।

सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौतापत्रमा सोमबार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।

एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारणलाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायले सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयू भएको छ ।

पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो । सोही आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारणलाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारणलाइनमा ह्विलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो । पश्चिमी सेती करिडोरमा १ हजार ८०० मेगावाट परियोजना निर्माणको चरणमा छ । एनएचपीसीले दोधारा-बरेली ४०० केभी प्रशारणलाइनमार्फत भारतमा बिजुली लैजानेछ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा २०७९ भदौ २ गते सेती नदी र पश्चिम सेती जलविद्युत आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर