कांग्रेसको चेतावनी- रविमाथि छानबिन समिति नबन्दाको परिणाम सरकारले भोग्नुपर्छ (भिडिओ) – Nepal Press

कांग्रेसको चेतावनी- रविमाथि छानबिन समिति नबन्दाको परिणाम सरकारले भोग्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कुनै कार्यसूची अगाडि बढ्न नदिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकपछि राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा गर्ने सम्बोधनमा भाग लिने प्रमुख सचेतक रमेश लेखकले बताए । उनले संयुक्त र अलग-अलग बैठकमा फरक रहेको बताए ।

लेखकले भने, ‘छानबिन समिति गठन नगर्दासम्म हामी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं । यसबाट जे परिणाम उत्पन्न हुन्छ त्यसको जवाफदेहीता सरकारले लिनुपर्छ ।’

उनले सहकारीको अपचलन भएको विषयमा सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे ।

‘यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन । सहकारी पीडितको समस्यामा संवेदनशील हुन सकेको छैन । यत्रो ठूलो अपराध गर्ने, अर्बौं रकम हिनामिना हुँदा सरकार चुप लागेर बसेको छ । त्यसको हामीले भर्त्सना गरेका छौं’, लेखकले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर